May 1, 2024, Wednesday
२०८१ बैशाख २०, बिहीबार

प्रदेशसभा विघटन गर्ने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा विघटन गर्न तयारीमा लागेका छन् । आफ्नै समर्थक मुख्यमन्त्री अल्पमतमा परेपछि ओली प्रदेशसभा विघटनको तयारीमा जुटेका हुन् ।

प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ओली समूहका मुख्यमन्त्री चरम अल्पमतमा छन् । ओली समूह बलियो गण्डकी प्रदेशमा मात्रै रहेको छ ।

आइतबार संघीय सरकारको प्रतिनिधिसभा विघटन गरेपछि प्रदेशमा आफूनिकट मुख्यमन्त्री अल्पमतमा परेका कारण प्रधानमन्त्री ओलीले प्रदेशसभासमेत विघटन गर्नका लागि परामर्शमा जुटेका छन् ।

बुधबार प्रधानमन्त्री ओली आफूनिकट नेतासँग प्रदेशसभा विघटन गर्दा के हुन्छ भनेर फोनमार्फत छलफल गरेको उनीनिकट एक नेताले जानकारी दिएका छन् । आफूनिकट मुख्यमन्त्री र मन्त्री संकटमा परेका कारण उनले प्रदेशसभा पनि विघटन गरेर सँगै निवार्चनको घोषणा गर्ने तयारी गरिरहेको ती नेताले बताए ।

‘आजको केन्द्रीय कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद् बैठक बोलाएर उक्त निर्णय गर्न तयारी भइसकेको छ । प्रधानमन्त्रीले प्रदेशसभा पनि प्रतिनिधिसभासँगै विघटनका गर्न लाग्नुभएको थियो । तर, विवाद प्रदेश र स्थानीय तहसम्म पुग्छ भनेर उक्त निर्णय रोकिएको थियो,’ उनले भने, ‘हाल राजीनामा दिएका सबै मन्त्रीलाई समेत प्रदेशसभा विघटन हुन्छ भने थाहा छ ।’

प्रतिनिधिसभा विघटन हुँदा प्रधानमन्त्रीले प्रदेशसभा पनि विघटन हुँदैछ भनेर सन्देश दिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको