इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ इलाम – २ मा विजयी भएका छन् । नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी भएको हो । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए ।
प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पटकको पराजय हो । यस अघि स्वर्गीय सुवासचन्द्र नेम्वाङ सँग पनि खड्का ११४ मतले पराजित भएको थियो । सुहाङसंगै चुनावी मैदानमा रहेका भएका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमको तेस्रो मत अर्थात ११ हजार ४५७ मत पाएका छन् भने रास्वपाका मिलन लिम्बु योङहाङले ५ हजार ५० मत ल्याएर चौथो भएका छन् ।
प्रतिकृया दिनुहोस्