May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार

प्रधानमन्त्री दाहाल र कतारका राजा अमिर शेखबीच भेटवार्ता

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।नेपाल भ्रमणमा आउनुभएका कतारका राजासंग होटल सोल्टीमा भेटवार्ता भएको हो । भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने प्रधानमन्त्री दाहालकाे सचीवालयले जनाएकाे छ ।

कार्यक्रमपछि प्रधानमन्त्री दाहालले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार काठमाडौं आउनुभएकाे हाे । टोली आजै दिउँसो स्वदेश फर्किने छ ।

शीर्ष समाचार

धेरै पढिएको