May 1, 2024, Wednesday
२०८१ बैशाख २०, बिहीबार

थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, ७७ जना डिस्चार्ज

काठमाडौं, आइतबार नेपालमा थप ५३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा जम्मा २ हजार ६ सय १५ पीसीआर नमुना परीक्षण भएका छन् । आज ७७ जना संक्रमित निको भएर डिस्चार्ज । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ३ सय २६ पुगेको छ ।

हालसम्म नेपालमा २२ लाख १५ हजार ४ सय ११ पीसीआर परीक्षण भएका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको