May 1, 2024, Wednesday
२०८१ बैशाख २०, बिहीबार

शनिवारबाट हराएकी १६ वर्षिया किशोरीको शव फेला

कपिलवस्तु, कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ मदवा स्थित जवई खोलामा एक १६ बर्षिय किशोरीको शव फेला परेको छ । मदवाका मान बहादुर रोक्काको १६ वर्षिय छोरी दिपा रोक्काको शव फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिए ।

शनिवार घरदेखी हराएकी दिपाको गाँँउ नजिकै खोलामा शव फेला परेको प्रहरीले जनाएको छ । दिउँसो १२ बजे स्थानियले खोला नजिकै घाँस काट्न जादाँ शव देखेपछी प्रहरीलाई खबर गरेका थिए । सो घटनाको विषयमा थप अनुसान्धान भैरहेको प्रहरी निरिक्षक खरेलले बताए । घटनास्थलमा प्रहरी पुगेर बालिकाको शव नियन्त्रण लिइ अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

दिपाको हत्या हो की आत्मा हत्या खुल्न नसकेको प्रहरीले जनाएको छ । दिपा शनीबार देखी घर देखी हराए पनि परिवारले आज मात्र प्रहरीलाई दिपा हराएको खबर गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको