March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

हज समितिमा आर्थिक अनियमितता भएको भन्दै गृह मन्त्रालयमा उजुरी

  • 1
    Share

काठमाडौँ, हज समितिका अध्यक्ष समशेर मियाँले आर्थिक अनियमितता गरेको भन्दै सदस्यहरुले गृह मन्त्रालयमा उजुरी दर्ता गराएका छन् ।

गृह मन्त्रालयमा उजुरी दर्ता गराएका समितिका सदस्यहरुले मंगलबार मुस्लिम आयोगमा समेत ध्यानाकर्षण गराएका हुन् ।

मुस्लिम आयोगमा पुगेका सदस्यहरुले अध्यक्ष मियाँलाई कारबाहीका लागि सहयोग गर्न भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

हज समितिका सदस्य नजीबुल्लाह अन्सारीले गृह मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र संवैधानिक मुस्लिम आयोगमा अध्यक्ष मियाँले आर्थिक अनियमितता गरेको सम्बन्धमा प्रमाणसहित उजुरी दिएको बताएका छन् ।

अध्यक्ष मियाँले हज यात्रामा जाने हाजीहरुको व्यवस्थापनमा करिब ३ करोड रुपैयाँ हिनामिना गरेको आरोप सदस्यहरुले लगाएका छन । हाजीहरु बस्नका लागि भवन व्यवस्थापन, खाना व्यवस्थापन, हवाई यात्रा लगायतमा अनियमितता भएको उनीहरुको भनाई छ ।

हज यात्रामा जानेहरुबाट अध्यक्ष मियाँले प्रति दिन १२ रियाल बढी रकम लिएको आरोप समेत समितिका सदस्यहरुले लगाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको