April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

शिक्षालाई सूचना प्रविधिसँग जोड्न आवश्यक छ- मुख्यमन्त्री शेरधन राई

विराटनगर, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विद्यालय शिक्षा सुधारकालागि प्रविधिमैत्री शिक्षण सिकाइ आवश्यक भएको बताएका छन् ।

सामाजिक विकास मन्त्रालय र स्थानीय तहको साझेदारीमा सञ्चालित सूचना प्रविधि सम्बन्धि अनलाइन शिक्षक तालिमको आज शुभारम्भ गर्दै मुख्यमन्त्रीले विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधिमैत्री बनाउने अभियानको शुरुवात प्रदेश सरकारले गरिसकेको बताए ।

प्रदेश सरकारले डिजिटल प्रदेशको यात्रा शुरु गरिसकेको उल्लेख गर्र्दै उहाँले भन्नुभयो, “शिक्षालाई सूचना प्रविधिसँग जोड्न आवश्यक छ ।” मुख्यमन्त्री राईले डिजिटल प्रदेशका लागि नीति तथा कार्यक्रम बनिसकेको जानकारी दिएका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेले १० वर्र्षभित्रमा प्रदेशबाट किताब र झोलामुक्त गरिने लक्ष्यअनुसार काम भइरहेको बताए ।

शीर्ष समाचार

धेरै पढिएको