शव दहन गर्ने मेसिन खरिदमा भ्रष्टाचारको आरोप लागेपछि बोले सुदन किराती

पूर्वमन्त्री किरातीले शव दहन गर्ने मेसिन खरिदमा चार करोड बढी भ्रष्टाचार गरेको आरोप छ । नेकपा (माओवादी केन्द्र) नेता एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूमाथि लागेको भ्रष्टाचार आरोप सत्यतथ्य छानविन गर्न माग गरेका छन् । आइतबार मन्त्रालयमा पुगेर मन्त्री हितबहादुर तामाङलाई मागपत्र बुझाउँदै छानविन समिति बनाएर आफूमाथि लागेको आरोपको सत्यतथ्य बाहिर ल्याइदिन आग्रह गरेका हुन् ।