संस्थाको गरिमा र एकताका लागि उम्मेदवारी फिर्ता लिए : अध्यक्ष बुद्धि गुरुङ

संस्थाको गरिमा र एकताका लागि आफुले यहि जुलाई २७ तारिख आईतबारका दिन हुन लागेकाे एनआरएनए काेरियाकाे निर्वाचनमा पुनः उम्मेदवारी नदिने अध्यक्ष बुद्धि गुरुङले घाेषणा गर्नुभएको छ। उम्मेदवारी फिर्ता लिएकाे जानकारी दिदै उहाले बिहिबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उक्त जानकारी उल्लेख गर्नुभएको छ।
अध्यक्ष बुद्धि गुरुङले लेख्नुभएकोजानकारी जस्ताकाे तस्तै
म बुद्धि गुरुङ, एनआरएनए दक्षिण कोरिया 2023–2025 कार्यकालमा अध्यक्षको
भूमिकामा रहेर तपाईंहरूको निरन्तर साथ, सद्भाव र विश्वासका कारणले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सकेकोमा हृदयदेखि आभार प्रकट गर्न चाहन्छु।
सधैं संस्थालाई पहिलो प्राथमिकता दिएँ।
सकेजति काम गरेँ — सानो वा ठूलो भन्ने भेद कहिल्यै राखिनँ। संस्थाका कार्यक्रम, अभियान, पहल र प्रत्येक आव्हानमा सक्दो सहभागिता जनाएँ।
आपतकालीन अवस्था होस् वा विपद्का बेला दिन होस् या रात जहाँ आवश्यकता देखियो, त्यहीँ पुग्ने प्रयास गरेँ।
संस्थाको निरन्तरता, एकता र स्थायित्वको पक्षमा उभिँदै, मैले फेरि अध्यक्ष पदमा उम्मेदवारी दिने निणर्य लिएको थिएँ। तर पछिल्लो समय संस्था भन्दा व्यक्तिवाद, गुटगत सोच र आन्तरिक द्वन्द्व हावी हुन थालेको देख्दा म अत्यन्त दुःखी भएँ।
त्यसैले, संस्थाको गरिमा, एकता र साझा उद्देश्यलाई सर्वोपरि ठान्दै, मैले आफ्नो उम्मेदवारी स्वेच्छाले फिर्ता लिएको जानकारी गराउन चाहन्छु।
म पदबाट होइन, जिम्मेवारीबाट बाँधिएको मान्छे हुँ। संस्थाको समृद्धि, स्थायित्व र साझा सपना जोगाउन, मेरो साथ, समर्थन र योगदान सधैं रहनेछ। यहाँहरु सम्पुर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्दै तपाईंहरूको विश्वास, माया, आलोचना र आशीर्वाद सबैप्रति आभारी छु



लेखकको सम्वन्धमा