रास्वपा काेरियाकाे अधिवेशन भव्य रुपमा सम्पन्न,विभाग प्रमुखमा युबिन श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे विदेश विभागअन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग–दक्षिण कोरियाको दोस्रो अधिवेशन आज आइतबार भव्यरुपमा सम्पन्न भएको छ।

कार्यक्रम सिओलकाे एक हलमा सम्पन्न भएको हाे । उक्त कार्यक्रममा काेरियामा रहेका विभिन्न राजनितीक दलका संगठन प्रमुखहरु लगाएत रास्वपामा आशावादी व्यक्तिहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियोे ।

त्यसैगरी कार्यक्रममा विभागका पूर्वप्रमुख डम्बर सुब्बाको सभाअध्यक्ष र रास्वपा केन्द्रीय सदस्य प्रमुख अतिथि रहनु भएको थियो।

अधिवेशनले युबिन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतरूपमा गठन गरेको गरेको हाे।

  1. नव–चयन हुनुभएको पदाधिकारीकाे नाम
  2. विभाग प्रमुख : युबिन श्रेष्ठउप–प्रमुख: सुन्दर प्रसाद अधिकारीसचिव: विक्रम काफ्लेसह–सचिव: बसन्त रिजालकोषाध्यक्ष: दीपेन्द्र प्रसाद शर्मा 
  3. सदस्यहरू
  4. सन्तोष डङ्गोल• सन्तोष लामिछाने• ईन्द्रराज जोशी• बिमल बिष्ट• खेम बहादुर गुरुङ • सन्दिप बास्तोला• केशब सन्जेल• समर थापा• धर्मराज कडेल• बिजय गुरुङ• अस्मिता चुदारा• सन्जिव घिमिरे रहनुभएकाे छ।