सचेतनामुलक कार्यक्रममा उपस्थित हुन नेपाली राजदुतावास काेरियाकाे अनुरोध

दक्षिण काेरीया, नेपाली राजदुतावास काेरियाले काेरियामा रहेका नेपालीहरुका लागि लक्ष्यित गर्दै अक्टोबर ११ देखि प्रत्येक आइतबार साझ ८ बजे देखि ९:३० सम्म शारीरिक तथा मानसिक स्वास्थ्य सम्बन्धि अनलाइन सचेतनामुलक कार्यक्रम प्रसारण गरिरहेकाे छ ।

उक्त कार्यक्रममा जुम एप मार्फत जाेडिन सकिनेछ जसका लागि राजदुतावासले Zoom ID : 879 0906 4507 उपलब्ध गराएकाे छ । र कार्यक्रमकाे सञ्चालक भने एनआरएनए काेरियाका महासचिव डा. बिमल सुवेदी रहेका छन् ।

नेपाली राजदुतावास काेरियाले आयाेजना गरेकाे उक्त कार्यक्रममा काेरिया स्थित नेपालीको सक्रियता भने अत्यन्तै न्युन रहेकाे पाइएकाे छ । नेपाली श्रमिकले उच्च पारिश्रमिक पाउने मुलुकमध्ये एक रहेका काेरिया पनि हालसम्म ५० भन्दा बढि नेपालीहरुले आत्माहत्या गरिसकेका छन् आत्माहत्या , जस्ताे घटनालाई यस कार्यक्रमले केही हलसम्म कम गर्न मद्धत पुग्ने बुझिएको छ ।

दुतावासले आयाेजना गरेकाे कार्यक्रमलाई काेरिया स्थित विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् । आउदाे आइतबार तनाव व्यवस्थापन सम्बनधमा जानकारी दिनका लागि भने डा. केदार रायमाझीकाे उपस्थिति रहनेछ ।