January 19, 2022, Wednesday
२०७८ माघ ५, बुधबार

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का

बैतडी, गए राति बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार राति १२:५३ बजे गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो ।

चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भने भारतमा रहेको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माले जानकारी दिएका छन् ।

भारतको उत्तराखण्ड प्रदेशको खाडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो भने हालसम्म भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । 

शीर्ष समाचार

धेरै पढिएको