April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार

संसदलाई जीवन्त र जनमुखी बनाउन प्रयासरत छौँ: सभामुख सापकोटा

काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले ठूला ठूला बहसपछि संसद्ले गति लिएको बताउँदै संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

आज संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् । उनले गत पुस ५ गतेदेखि फागुन ११ गतेसम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको पनि दाबी गरे ।
@

उनले भनेका छन्,‘अहिले हामी एउटा महान् बहसको प्रक्रियाबाट गुज्रिएर यहाँसम्म आइपुगेका छौं । पहिला भनिने गर्थ्यो समुद्र मन्थन, यसैगरी हामीले एउटा समुद्र मन्थन जस्तै गरी धेरै ठूलो बहस गर्‍यौं, त्यो बहसको बीचबाट फेरि नेपालीहरुले पहलकदमी लिए र सफलता पनि हासिल गर्दैछन् ।’

‘अहिले अलिकति अपेक्षाकृत ढङ्गले संसद्ले सिंगो राष्ट्रको, जनताको अपेक्षा पूरा गर्ने काममा प्रभावकारी भूमिका खेल्न सकेको छैन कि भन्ने खालको अथवा अलिकति सभामुखले पहलकदमी बढाउनुपर्छ भन्ने सुझाव भित्र, बाहिर, यहाँ सबैतिरबाट तपाईंहरुले उठाउनुभएको छ त्यसलाई म उच्च सम्मान गर्छु ।’, सापकोटाले भने ।

शीर्ष समाचार

धेरै पढिएको