April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार

विप्लवमाथिको प्रतिबन्ध फुकुवा, शुक्रबार प्रधानमन्त्री ओली र चन्द एकै मञ्चबाट सम्बोधन गर्दै


काठमाडौं, सरकार र नेत्रविक्रम चन्द समूहबिच बुधबार पहिलो र दोस्रो चरणको वार्ता सकिएसँगै आज ३ बुँदे सहमति भएको छ । बिहीबार बिहानको वार्तापछि उक्त ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिपत्रका सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

सहमतिको विस्तृत विवरण भने शुक्रबार दिउँसो आयोजना हुने विशेष कार्यक्रममा सार्वजनिक गरिने बताइएको छ । शुक्रबार हुने समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपामा महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्नेछन् ।

बिहीवार जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरु रहेका छन् ।’


शीर्ष समाचार

धेरै पढिएको