March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

नयाँ १० मतदान स्थल थप गर्न सिफारिस

रुकुम, रुकुम पूर्वका विभिन्न ठाउँमा नयाँ १० मतदान स्थल थप गर्न सिफारिस गरिने भएको छ ।

मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले जिल्लाका १० ठाउँमा मतदान स्थल थप गर्न सिफारिस गरी पठाउने निर्णय गरेको हो ।  

जिल्लामा मतदान स्थल र मतदान केन्द्र थप गर्ने विषयमा छलफल भई १० ठाउँमा नयाँ मतदान स्थल तोक्नका लागि सिफारिस गर्ने निर्णय भएको निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी हर्कबहादुर शाहीले जानकारी दिएका छन् ।

उनका अनुसार सिस्ने गाउँपालिकामा चार, पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकामा तीनतीन ठाउँमा नयाँ मतदान स्थल थप गर्नका लागि सिफारिस गररेर पठाइने छ ।  

सिस्ने–१ को भट्टेचौर, वडा नं २ को नायगाड, ४ को झाक्रिपोले र ६ को खोपिचारमा नयाँ मतदान स्थलका लागि सिफारिस गरिने शाहीले बताए । यस्तै भूमे–६ को नाखे, वडा नं ८ को कुचिबाङ, ९ को सिमचौर, पुथाउत्तरगङ्गा–२ को हार्दिबाङ, वडा नं १० को घुम्लिबाङ र ७ को जाङमा नयाँ मतदान स्थलका लागि सिफारिस गर्ने निर्णय भएको शाहीले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको