
क्युबेक, क्यानाडाको क्युबेक शहरमा मध्ययुगीन पोशाक लगाएका र जापानी तरवारले सशस्त्र बनाएका एक व्यक्तिले छुरा आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ । हेलोवीन नाइटमा भएको सो आक्रमणमा परी पाँच जना घाइते भएका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले उक्त आक्रमण कुनै चरमपन्थी समूहसँग सम्बद्ध नभएको बताएको छ । उक्त आक्रमण ऐतिहासिक ओल्ड क्युबेक छिमेकमा भएको हो ।
आइतबार भएको सो आक्रमणमा घाइते भएका पाँच जनाको अस्पतालमा उपचार भैरहेको छ । उनीहरुलाई बिभिन्न तहको चोट लागेको प्रहरीले जनाएको छ ।
प्रहरीले आक्रमणमा एक शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ तर ती व्यक्तिको पहिचान भने खुलाएको छैन । क्युबेकको ले सोइल अखबारका अनुसार उनलाई पक्राउ गर्ने बेला, उनी भुँइमा नाङ्गो खुट्टा र हाइपोथर्मिकमा सुतिरहेको थिए । उनले कुनै प्रतिरोध बिना प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।
ती व्यक्तिले केही बर्ष अघि “चिकित्सा प्रसंगमा” आक्रमण गर्ने कुरा गरिसकेका थिए तर उनी प्रहरीलाई भने थाहा थिएन । उनीसँग यसअघि कुनै आपराधिक अभिलेख नभएको प्रहरीले जनाएको छ भने उनिमाथि प्रहरीले थप अनुसन्धान गरिरहेका छन् ।
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले ट्वीटरमा भनेका छन, “क्युबेक शहरमा भएको भयानक हमलामा मारिएका दुई जनाको प्रियजनको लागि मेरो मन टुट्यो ।
“म घाइतेहरुको पूर्ण स्वास्थ्य लाभको पनि कामना गर्दछु। हामी तपाईलाई हाम्रो बिचारमा राख्दैछौं र तपाईहरु सबैका लागि हामी हुनेछौं ।”







