
फिलिपिन्स, फिलिपिन्समा आएको गोनी आँधीका कारण लाखौं सर्वसाधारण प्रभावित भएका छन् ।
२ सय २५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले क्याफेन्डुआनेस टापुमा ठुलो क्षति गरेको छ ।
आँधीका कारण हजारौं नागरिक घर छाडेर भागेका छन् भने बन्दरगाह र विमानस्थलहरु बन्द गरिएका छन ।
आँधी प्रभावितहरुलाई शिक्षण संस्था, सरकारी कार्यालय र जिमखानाहरुमा राखिएको छ ।
आँधी पश्चिम दक्षिणतर्फ अघि बढेकाले सो स्थानमा उच्च सतर्कता अपनाइएको छ ।
कोरोना संक्रमण बढिरहेका बेला आँधीबाट जोगिन थप सतर्कता अपनाउन सरकारी अधिकारीहरुले आग्रह गरेका छन् ।एजेन्सी







