
जर्मनी, जर्मनीमा पछिल्लो २४ घण्टामा १९ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । योसँगै जर्मनीमा कोरोना संक्रमितको संख्या ५ लाख १८ हजार ७ सय नाघेको हो ।
जर्मनीमा कोरोना महामारी शुरु भएदेखिको यो सबैभन्दा उच्च संख्या भएको बताइएको छ । जर्मनीमा संक्रमणको दोस्रो लहर देखिएको छ । गत २४ घन्टामा संक्रमणबाट कम्तीमा पनि एक सय तीन जनाको मृत्यु भएको छ ।
जर्मनीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४ सय ५२ जना पुगेका छन् । जर्मनीमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढेपछि कतिपय क्षेत्रमा कडा खालका प्रतिबन्धहरु लगाइएको छ ।







