
इज्मिर, टर्की शहरको इजमिरमा आज गएको शक्तिशाली भूकम्पका कारण थुप्रै भवनहरू भत्काइएको छ । इज्मिर टर्कीको तेस्रो ठूलो शहर हो ।
भुकम्पको तिव्रता ७.० रेक्टर स्केलको रहेकोे भूकम्प
युएस जियोलोजिकल सर्वेक्षणले जनाएको छ । भुकम्पले टर्की, एथेन्स र ग्रीसलाई असर गरेको छ ।
भूकम्पका कारण टर्कीमा हालसम्म छ जना व्यक्तिको मृत्यु भइसकेको छ र दर्जनौं घाइते भएको बताइएको छ । यस्तै ग्रीसमा भित्ता भत्किएर दुई जनाको ज्यान गएको छ भने इजमिरका मेयरका अनुसार २० वटा भवनहरू भत्किएका छन ।
विदेशी सञ्चारमाध्यमका अनुसार टर्कीका आन्तरिक मन्त्री सुलेमान सोयलुका अनुसार समुद्री किनारमा बसोबास गरेको इजमिरका दुई जिल्लाका छ वटा भवन ध्वस्त भएको छ ।







