
न्यूयोर्क, मानिसहरूले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका उपायहरू अवलम्बन गरेमा राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु नपर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।
पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरूमा दोस्रो चरणको लहर देखा परेपछि ती देशहरूमा फेरि प्रतिबन्धहरू लागू गरिएपछि डब्लुएचओको यस्तो भनाइ आएको हो ।
प्रतिबन्धभन्दा सम्बन्धित देशहरूले अनुगमन, परीक्षण र कन्ट्याक ट्रेसिङलाई मजबुत बनाउनेतर्फ सोच्नुपर्ने कोभिड- १९ सम्बन्धी डब्लुएचओकी प्राविधिक प्रमुख मरिया भान केरकोभेले बताएकी छन् ।एजेन्सी







