
फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनले अर्को वर्षको ग्रिष्मकाल सम्म कोरोना भाइरस विरुद्ध लडिरहनुपर्ने बताएका छन् ।फ्रान्समा फेरि संक्रमणको दर दिनहुँ बढ्न थालेकाे छ । राष्ट्रपति म्याक्रोनले संक्रमित बढ्दै गएपछि यस्तो बताएका हुन् ।
फ्रान्समा गत २४ घन्टामा मात्रै ४० हजार बढिमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ भने २ सय ९८ जनाको मृत्यु भएको छ । संक्रमण नियन्त्रणका लागि फ्रान्समा विभिन्न शहरमा कर्फ्यु समेत जारी गरिएको छ ।







