
काठमाडौं, अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाएको छ । इरानको अर्थतन्त्रमै प्रभाव पार्ने हिसावले अमेरिकाले अठार वटा बैंकमाथि प्रतिबन्ध लगाएको हो ।
बैंकहरुको अमेरिकामा भएको सम्पती रोक्का गर्नुका साथै अमेरिकासँग कुनै पनि किसिमको कारोबार गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको हो ।
कृषि सामाग्री, खाद्यान्न, औषधि र औषधिजन्य उपकरणसम्बन्धी कारोबार गर्नेमाथि भने कुनै प्रतिबन्ध नलगाइएको अमेरिकाले जनाएको छ ।
इरानका विदेशमन्त्री मोहम्मद जाभेद जरिफले भने कोरोना महामारीको समयमा न्युनतम आवश्यकता पुरा गर्ने तेहरानको क्षमता प्रभावित पार्न थप प्रतिबन्ध घोषणा गरिएको आरोप लगाएका छन् ।एजेन्सी







