
काठमाडौं, उत्तर कोरियाले सबैभन्दा ठूलो सैन्य परेडको तयारी गरेको छ । वर्कर्स पार्टीको ७५ औं वर्षगाँठको अबसर पारेर सैन्य परेडको तयारी गरिएको हो ।
अमेरिकामा राष्ट्रपतिको निर्वाचन नजिकिदै गएका बेला प्योङयाङले पुनः आफ्नो शक्ति प्रदर्शन गर्न लागेको छ ।
विश्वविद्यालयका अनुसन्धानकर्ताहरु समेत उक्त परेडमा सहभागी हुने बताइएको छ । उत्तर कोरियाले आणविक हतियार परीक्षणको समेत तयारी गरेको हुन सक्ने अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् २०१८ मा अमेरिकासँग वार्ता गरेयता उत्तर कोरियाले सैन्य शक्ति प्रदर्शनका क्रममा आणविक हतियारहरुको प्रर्दशन गरेको थिएन ।एजेन्सी







