
काठमाडौं, भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) का पूर्वप्रमुख अश्वनी कुमारले बुधबार आफ्नै निवासमा आत्महत्या गरेका छन् । उनको शव आफ्नै घरभित्र झुन्डिएको अवस्थामा फेला परेको हो ।
भारतीय सञ्चारमाध्यम बिबिसी हिन्दीका अनुसार ७० वर्षीय उनले बुधबार नागल्यान्डको राजधानी सिमलास्थित आफ्नै निवासमा आत्महत्या गरेका हुन् ।
घटनास्थलबाट ‘सुसाइड नोट’समेत फेला परेको प्रहरीले जनाएको छ। जसमा उनले लेखेका छन्, ‘रोग र अशक्तताले गर्दा यो जीवनको अन्त्य गर्दै छु र नयाँ जीवन यात्रा सुरु गर्दै छु ।’
सुसाइड नोटमा अश्वनी कुमारले कसैलाई दोष नदिएको हिमाचल प्रदेशका डीजीपी सञ्जय कुन्डुले जानकारी दिएका छन्। घटनाबारे गम्भीर अनुसन्धान भइरहेको जनाइएको छ।







