
काठमाडौं, संक्रमितको सूचीमा अमेरिका र भारतपछि तेस्रो स्थानमा रहेको ब्राजिलमा हिजो एकै दिन ३१ हजार ५ सय ५३ थपिएसँगै कुल संक्रमितको संख्या ५० लाख ६ सय ९४ पुगेको हो ।
कोरोना माहामारीका कारण ब्राजिलको सबैभन्दा बढी प्रभावित साओ पाउलो राज्यमा मात्र ३६ हजारको मृत्यु भएको छ । रियो दि जेनेरियोमा संक्रमणका कारण १९ हजारको मृत्यु भएको छ ।
ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५० हजार नजिक छ । ४४ लाख ४१ हजार २ सय ४४ जना भने संक्रमणमुक्त भएका छन् ।
ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोमाथि माहामारी नियन्त्रणका लागि प्रतिबन्ध लगाउन विशेषज्ञहरुले दिएको सुझाव नमानेको आरोप लागेको छ । एजेन्सी







