
नयाँदिल्ली, कोरोना भाइरसविरुद्व जुधिरहेका भारतका चर्चित गायक एसपी बालासुब्रमण्यमको ७४ वर्षको उमेरमा निधन भएको छ । कोरोनासँग लामो समय जुधिरहेका उनले अन्त्यमा योसँग हारेका थिए ।
कोरोनासँग लामो समय जुधिरहेका उनलाई चेन्नईको एक निजी अस्पतालमा भर्ना गरिएको थियो । ५ अगस्टमा उनको कोरोना पोजिटिभ आए पनि १३ सेप्टेम्बरमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर पछि लाइफ सपोर्टमा राखिएसँगै उनको देहान्त भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।







