
काठमाडौं, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने निर्वाचनमा पराजित भए पनि आफूले पद नछाड्ने चेतावनी दिएका छन् ।
मेल (इन्टरनेट) मार्फत गरिने मतदानमा धाँधली हुने भएकाले चुनावको नतिजाबारेको मुद्दा सर्वाेच्च अदालतसम्म पुग्ने उनको भनाई छ ।
तर अमेरिकाका धेरै राज्यले अहिले कोरोना महामारी भएका कारण मेलमार्फत मतदान गर्नु सुरक्षित हुने कुरामा जोड दिइरहेका छन् । तर ट्रम्पले भनेयसमा पहिलेदेखि असहमत भइरहेका छन् ।
बुधबार साँझ ह्वाइट हाउसमा पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै उनले मेलबाट गरिने मतदानप्रति नै आफूलाई शंका रहेकाले सजिलै सत्ता नत्याग्ने जिकिर गरेका हुन् ।







