
अस्ट्रेलिया, अस्ट्रेलियाको तास्मानिया टापूमा अलपत्र परेका करिब ४७० ह्वेलमध्ये ३८० को मृत्यु भएको छ ।
अस्ट्रेलियामा अलपत्र परेर यति ठूलो सङ्ख्यामा ह्वेलहरूको मृत्यु भएको पछिल्ला केही दशक यता यो नै हुनसक्ने अधिकारीहरूले बताएका छन् । ती ह्वेलहरू कसरी तटीय क्षेत्रमा अलपत्र परे भन्ने कुरा हालसम्म पत्ता लागेको छैन । ह्वेलको यो प्रजाति तटीय क्षेत्रमा पुगेर अड्किने सम्भावना बढी हुने बताइएको छ ।
ह्वेलविज्ञहरूले गत सोमबार तस्मानिया क्षेत्रमा अलपत्र परेका ह्वेल सम्भवत अन्टार्कटिका जाने क्रममा बाटो विराएर पानीको सतह कम भएको तटीय क्षेत्रमा फसेका हुनसक्ने बताएका छन् । उद्धार प्रयासका बावजुद् पनि अनुकुल वातावरण नपाउँँदा तीन दिन भित्रमा यति धेरै सङ्ख्यामा ह्वेलको मृत्यु भएको छ ।







