
काठमाडौं, अफगानिस्तानका राष्ट्रपति असरफ घानीले हाल अफगानिस्तानले शान्ति वार्ता थालेको भन्दै यसका लागि सहयोग पुर्याउन विश्व समुदायलाई आग्रह गरेका छन् । राष्ट्रपति असरफ घानीले संयुक्त राष्ट्रसंघको ७५ औँ महासभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
उनले अफगानिस्तानमा शान्तिका लागि एकता र प्रजातन्त्रका लागि सहयोग पु¥याउन उहाँले सो आग्रह गरेका हुन् । राष्ट्रपति असरफ घानीले अफगानिस्तानले विगत करिब ४० वर्षदेखि शान्ति र प्रजातन्त्रका लागि पनि ठूलो संघर्ष गरेको र यहाँका जनताले पनि धेरै दुख पाएका बताए ।
राष्ट्रपति असरफ घानीले भने – हामी अफगानिस्तानका नागरिकले आतंकवादीहरुबाट धेरै दुख पाएका छौँ र यो आतंकवादबाट हामीलाई मुक्त गरिदिन विश्व समुदायले अहिले प्रमुख भूमिका खेल्नुपर्छ ।एजेन्सी







