
बर्लिन, रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीको उपचार गरिरहेको जर्मनीको एक अस्पतालले नाभाल्नीको स्वास्थ्यमा सुधार आएको भन्दै अस्पतालबाट ३२ दिनपछि डिस्चार्ज गरेको छ ।
नाभाल्नीलाई खानामा नोभिचोक नामको रसायन मिसाएर खुवाइएपछि बेहोस अवस्थामा जर्मनीको च्यारिटी अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालले नाभाल्नीको उपचारमा संलग्न फिजिसियनले स्वास्थ्य अवस्था पूर्णरुपमा सुधार भएको जनाएको छ । तर चिकित्सकहरुले विषको दिर्घकालीन असरका बारेमा अहिल्यै बताउन कठिन रहेको बताएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक मानिने ४२ वर्षीय नाभाल्नीलाई रुसको आन्तरिक उडानका क्रममा गत अगष्ट २० मा अचेत भएपछि दुई दिनपछि थप उपचारका लागि जर्मनी ल्याइएको थियो ।एजेन्सी







