June 1, 2023, Thursday
२०८० जेष्ठ १८, बिहीबार

कोरोना महामारीका कारण पर्यटकीय स्थल गोसाइँकुण्ड ठप्प

रसुवा, विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण रसुवाको मुख्य पर्यटकीय स्थल गोसाइँकुण्ड ठप्प भएको छ ।

महामारीबाट मानिसहरुको चहलपहल नभए पछि होटलहरुमा त ताला लागेका छन् भने गोसाइँकुण्ड सुनसान भएको छ ।

फाट्टफुट्ट मानिसहरु हेलिकप्टर मार्फत दर्शन गर्न गए पनि खासै चहल पहल नभएको व्यवसायीहरु बताउनुहुन्छ । यसबेला दृश्याअबलोकनका लागि आन्तरिक पर्यटक तथा बाह्य पर्यटकको भिड नै लाग्ने गर्दथ्यो, तर यस पटक चहलपहल शुन्य देखिएको छ ।

सबैभन्दा बढी कुण्ड यसै क्षेत्रमा रहेकाले कुण्डको अध्ययन, अवलोकनका साथै तीर्थका लागि पनि हजारौं पर्यटकहरु गोसाइँकुण्ड पुग्ने गर्छन् ।

शीर्ष समाचार

धेरै पढिएको