March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

मठ मन्दीरहरुको दर्शनमा बन्देज नलगाउन सरकारलाई आग्रह

नेपाल हिन्दु धर्मको केन्द्रबिन्दु हो। त्यसमा पनि पसुपतिनाथ सारा हिन्दुहरुको आस्था हो। आज पनि पसुपतिलाई दर्शन गर्न पाए आफुलाई भाग्यमानी ठान्ने करोडौं हिन्दुहरु विश्वभर छरिएर रहेका छन। मानव सिर्जित कोरोनाको महिनौं लामो आतंकपछि अहिले नेपालमा पनि हवाई यातायात तथा स्थल यातायात खुल्ला भएको छ, होटेल रेस्टुरेन्टहरु पनि खोल्न सरकारले अनुमती दिइसकेको छ।

यस्तो अवस्थामा सारा बिश्वको पबित्र क्षेत्र पसुपतिनाथ लगायत देशभरका हिन्दु मन्दिरहरुको ढोका बन्द गराउने र देशभर फैलिएका चर्चहरुलाई निर्वाध खोल्न दिने यो कस्तो नीति हो सरकार? सरकार आफैले पसुपतिनाथ जस्तो पवित्र क्षेत्रको दर्शन खुल्ला गर्न पहल गर्नुपर्थ्यो, तर सरकारले यो पबित्र काम त गरेन,हामि आफैले पसुपतिनाथको दर्शन खुल्ला गर्न माग राखी शान्तिपुर्ण हिसाबले पसुपतिमा धर्ना दिदा उल्टै हामी माथी प्रहरीको लाठी र बुट प्रहार गरियो। हामिले पटकपटक भन्दै आएका छौ, नेपाललाई हिन्दु राष्ट्र घोषणा गरियोस् भनेर तर अब कोरोनाको आतंक देखाएर मन्दिर हरु बन्द गराउने र चर्चहरुलाई निर्वाध खुल्ला गर्न तिर सरकार अझै अग्रसर भयो भने त्यसले देशमा एउटा गम्भीर परिणाम निम्त्याउन सक्छ।

मन्दिरको दर्शन खुल्ला गर्दा कोरोना लाग्ने तर चर्चहरु संचालन गर्दा कोरोना नलाग्ने मानसिकताबाट सरकार मुक्त हुन मठ मन्दिर सञ्चालन गर्न म आग्रह गर्दछु। सरकारको घैटोमा बेलैमा घाम लागोस, छिट्टै हिन्दु धर्मावलम्बीहरुले पसुपती लगायत देशभरका हिन्दु मन्दिरहरुको दर्शन गर्न सहज पाउने व्यवस्था मिलाउन जरुरी छ ।

शीर्ष समाचार

धेरै पढिएको