December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

नेपालमा युवावर्गको अवस्था र राजनीति परिवेशमा युवा नेतृत्व

  • 462
    Shares

नेपालमा २१ देखि ४२ बर्ष उमेर समुहलाई युवा मनिएको छ भने नेपालमा कुल जनसंख्याको ४० प्रतिशत युवा रहेका छन । जनसंख्याको अत्यावश्यक अंश भए पनि अझै र्राष्ट्रिय विकासमा युवाको सहभागिता त्यति प्रभावकारी देखिदैन ।

हरेक वर्ष अगस्ट १२ मा मनाइने अन्तर्राष्ट्रिय दिवसले युवा पुस्तालाई सामाजिक, र्राष्ट्रिय परिवर्तन र युवा पहुँच बढाउन जोड दिन्छ । तर नेपालमा प्रत्येक बर्ष तिन लाख २३ हजार युवा रोजगारीकै लागि बिदेश पलायन भइरहेका छन, यसले प्रष्ट पार्छ कि स्वदेशमा युवा पुस्ताहरुका लागि कतिको उचित व्यवस्था गरिएको छ । अहिले युवाका लागि भन्दै सरकारले विभिन्न कार्यक्रम ल्याएको छ तर उचित कार्यन्व्यनको ढिलाइले केबल समाचारको हेडलाईनमा मात्र सिमित छ ।

यति मात्र होइन सरकारले युवा लक्षित गरि बजेट पनि विनियोजन गरेको छ तर भन्छ हामी अझै कार्यन्वयनको चरणमा छौ यदि यस्तै तरिकाले चरण सम्पन्नता कुर्ने हो भने त ती युवाको छोराछोरीको पुस्तासम्म पुग्दा पनि कुर्नुपर्ने हुन्छ । अहिलेको कन्डिसन हेर्ने हो भने नेपाली युवा राजनितिक दलको सत्तामा पुग्ने भर्र्याङ् मात्र बनेको छ । यो प्रवृत्ति नेपालका प्राय सबैजसो राजनितिक दलको छ भन्दा फरक नपर्ला ।आखिर सरकारले युवाका लागि गर्यो त के गर्यो बस बिदेशमा श्रम स्वीकृतिका लागि हस्ताक्षर गर्यो ।

नेपालबाट ऋण गरेर आमा, घरपरिवार सबै त्यागेर बिदेश पलायन हुन्छन युवा मात्र रोजगारीको लागि त्यो पनि ग्यारेन्टी छैन कि उ भोलि सकुशल घर फर्कनेछ । अब यसलाई के बुझ्ने श्रमका लागि युवा बेचे भन्ने कि युवाका लागि श्रम दिय भनेर बुझ्ने ? अहिले यो छाडै कोरोना माहामारीको कारण युवा बिदेशबाट स्वदेश फर्कने क्रम जारी छ तर ती फर्किएका युवाको लागि सरकारले उचित व्यवस्था मिलाएको छ त ? ती युवाहरूलाईका लागि सरकारले रोजगारी तयार गरेको छ त ? अहँ छैन यस्ता प्रश्न सोधे सरकारको जवाफ के हुन्छ हामी छिटोभन्दा छिटो रोजगारिको अवस्था सृजना गर्नेछौ ।

देशमै भएको युवालाई त रोजागारी छैन अझै थपिएको युवालाई कता हो । स्वदेश फर्किएकाले देशमा सिपमुलक काम गरेर जिविकोपार्जनको नयाँ उपाय अबलम्बन गर्नथाल्यो मानौ उ कृषि क्षेत्रमा आवद्ध भयो उसले सहि तरिकाले राम्रो उब्जनी गर्यो तर उचित मुल्यको बजार खोइ, बजार नपाएर उस्ले तेहि उब्जनी खेतमा मलको रुपमा प्रयोग गर्न बाध्य हुन्छ कि त बिचौलियालाई मल लाग्छ । सबै कुराको सिस्टम सरकारी तहबाट कार्यन्वयनमा ल्याए व्यक्तिले आफ्नो श्रमको मुल्य पाउन सक्छ । युवालाई आवश्यक पर्ने उद्यमशिलता, शिक्षा र रोजगारिको अवसरका साथै र्राष्ट्रियताको भावना जगाउने, लिडरको रुपमा जिम्मेवारी दिने हो भने युवाबर्गले बिदेशमा बगाउने पसिना खुशिका साथ देशमै बगाउँछ्न ।

अहिले कोभिड १९ जस्तो भाइरसले देश आक्रन्त अवस्था मा गुज्रेको छ ।देशको उच्च तहले युवा क्षमता लाई उद्दार , राहत मा परिचालन गर्नु परेमा दुर्भाग्यवश भनाै वा राजनीति खिचतानी को कारणले हजारौंकाे संख्यामा संक्रमण फैलिएको छ । चाहे त्यो विश्वयुद्धमाकाे बेलामा, या हिटलरको पालामा होस वा प्राविधिको युगमा होस ,युद्ध मा होमिएर देशको अस्तित्व बचाउने युवा बर्ग नै हो जसले आफू र आफ्नो राष्ट्रलाई चिनाउने काम गरे । विभिन्न इतिहास पल्टाएर हेर्ने हो भने हरेक परिवर्तन युवा जमातको छ । जोश ,जागर ,सकृयता सग नेतृत्वदायी भुमिकाबाट संभव भएका छन । चाहे जहानिया राणा शासन ढाल्न होस या निर्दलिय पनञ्चायत व्यबस्था अन्त्य गर्न होस । देशका हरेक महत्त्वपूर्ण परिवर्तन र आधारसिला को भुमिका निर्बाह गरेका युवा पुस्ता लाई राज्य ले उचित ब्यबस्थापन गर्न सकेको छैन ।

त्यसकारण युवामा नकारात्मक सोच बिचार बिकास हुँदै गएको कुरा घाम जस्तै छर्लङ्ग भएको छ ।युवा केन्दृत राजनीति ,मुद्दा ,बिचार विधि र मुलधारको राजनीति तिनको हस्तछेप बार छलफल चलाउदा समाज सग बहस गरन सकेनौ भने अधुरो हुन्छ । युवा नेतृत्व ले बहस गर्दा अहिलेको समाजलाई विभिन्न कोण बाट हेर्न सक्नु पर्छ। अहिले को परिस्थितिमा युवाहरुको राजनितीमा उत्साहजनक उपस्थित भने छैन । पार्टीले युवालाई राजनीतिको केन्द्र रहेर राजनीतिक परिवर्तनलाई अगिकार गर्ने समुहहरु को भन्दा पनि आफ्नो राजनीति अभिस्ट पूरा गर्नका निम्ति सहयोग भुमिका खेल्न नसक्दा समुहको रुपमा चितृत गरेका छन ।

अहिलेको समाज युवा नेतृत्व लाई कमजोर ठान्ने र नेतृत्व मा बिश्वास नगर्ने मानसिकता छ । राजनीतिक रुपमा हेर्दा अझ दोब्बर छ । युवालाइ नेतृत्व तहभन्दा कार्यान्वयन पक्षमा राखेको छ । देशमा विकास र परिवर्तनको संवाहक मानिने युवा बर्गलाई विषेश नेतृत्वका साथ जिम्मेवारी बहन गराउने हाे भनेपनि देशले आमुल परिवर्तन ल्याउन सक्छ । यसकाे लागि सरकारले पहल कदमी अघि बढाउन जरुरी छ ।

शीर्ष समाचार

धेरै पढिएको