अब मतदाताले पार्टी भन्दा पनि भिजन भएको नेतालाई जिताउनुपर्छ ‘आशा छ मेरो मतको सदुपयोग हुन्छ

नत म राजनीतिक शास्त्र पढेको मान्छे न त मेरा आफन्त हरु राजनीतिज्ञ तर राजनीति मा आतन्तै चासो र बुझ्न खोज्ने मान्छे । राजनीतिको परिभाषा आउँदै मा राजनीतिको खेलाडी नी भन्न मिलेन अनि न आउँदै मा नबुझे को नी त भन्न मिलेन।
सामान्य तय हामी ले राजनीति लाई के बुझे का छौ ,र के बुझ्दै छौ। सबै ले दिने परिभाषा फरक होला तर विचार र संखेत गर्न खोजे को एउटै त होला।राजनीति भनेको राज्यको नीति, ब्यवस्थालाई ठिक गरि जनताको लागि अन्य देशप्रतिको कुटनैतिक आदी सम्बन्धलाई ठिक राख्ने व्यवहारगत व्यवस्था नै राजनीति हो । देशका कुनै पनि पार्टीले जनताको लागि राजनीति गरेपछि अवश्य नै त्यो सफल र सक्षम मानिन्छ ।
देश विकास गर्छु भनेर गफमात्र दिने तर देश बिकास नगर्ने । आफ्नो र आफन्तका बारेमा मात्र सोच्ने । रुपान्तरणमा होइन, लेनदेनमा विश्वास राख्ने । भ्रष्टाचार गर्ने । झूठो आश्वाशन दिने आदि ।
सपना देख्नु एउटा स्वस्थ व्यक्तिको आवश्यक प्रक्रिया हो । जुन सपना मैले विपनामा देखेको थिए। मत माग्दा मेरो घर र मेरो सपना ले तपाईहरुको खाली पन्ना र मोसी सकियो । म आशावादी नी थिए र निकै खुसी थिए। तपाइले मेरो गाउँको शिक्षा अनि वर्षौं देखि चुहिने स्कूल को बिकाश को कुरा गर्नु भएको थियो ।
तर स्कूल को छानो वर्षौं वर्षौं फेरियो तर स्कूल भित्र को नैतिकता र शिक्षा कहिले फेरिन । पानी का पाएप फेरिए तर कहिले पनि आएन । हजारौं रुख नै मान्छे को जमीन मिच्दै सडक आयो तर गाडी कहिले आएन।स्कुल ,भबन ,हॉस्पिटल ,बाटो ,बिजुली बत्ती , र अन्य बिकाश निर्माणको आसा गाउँको लागि पनि दिनुहोस् ।
तपाईका यी झुटा चिल्ला भासणले गाउँलेलाइ पनि सान्तवना मिलोस् । नून तेलको लागि टाढाको बाजार जानू पर्दछ बाटोमा जीर्ण भएको काठको झोलुङ्गे पुल छ ,त्यसलाई मर्मत गरिदिनुहोस् , महँगीले हामीलाई सताएको छ ,महँगीको मार देखि छुटकरा दिलाइदिनुहोस् , गाउँको स्कुलमा उच्चस्तरीय शिक्ष लागू होस् जसले भोली बालबालिकाको भबिष्य उज्जल बनोस ।
अब एउटा पार्टी जिन्दाबाद आर्को पार्टी मुर्दाबाद ,भन्दै झण्डा बोक्दै , यसपालि कांग्रेसले जितछ,एमाले जितछ भन्दै गल्ली गल्ली, सडक सडक,घर न डुल्नु होस।घर दैलो कार्यक्रममा भोट माग्न आउदा बिहेमा जन्ती आको जसरि बाजा घाझा सहित हैन्न नेता ज्यू पाँच बर्षको कार्यकालमा बिकास गरेको प्रमाण लिएर आउनुस ।
पाँच बर्षको अन्तरालमा स्थानीय चुनावमा गर्ने बिकासको उल्लेखित घोषणापत्र लिएर आउनुस!! अनि गर्व का साथ छाती मा हात ठोकी भन्नु होस् मैले यो यो काम गरे आजै गर्न बाँकी छ भन्नु होस । हात र बोरा मा पैसा का मुठा बोकेर होइन आफ्नो पछाडि जनता को घुइँचो लागेर आउनु होस।दुई चार जना खै बिकासकै निमित्त बोलिरहदा पैसाको मुठाले हैन्न गर्भको साथ आफु जन्मिएको ठाउँमा आफुले गरेको बिकास र भाबी दिनमा पुर्याउने योगदान सहित आफ्नो पद काम र कर्तव्य नभुल्ने नेता ज्यू चाहिएको छ।
हामी लाई अब तपाईंले देखाउनु भएको ठूलो सपना हरु हेर्नु छैन। हामीलाई बच्चा देखि बुढा अहिलेको युवाबर्गको रुचि इच्छा ,चाहना र आबश्यकता अनुसारको बिकास चाहिएको छ।गुणस्तरीय जीवनमा आवस्यक पर्ने गाँस, बास र कपास ,राम्रो शिक्षा ,खाने पानी स्वास्थ्य ,बाटो घाटो रोजगार मनोरञ्जन हरेक सेवा सुबिधा चाहिएको छ।बिते को पाँच वर्ष सम्जिनु होस,अब आउने पाँच वर्ष सोच्नु होस र त्यो सोच्ने जिम्मा तपाईं हरु को हो।अबको पाँच वर्ष भनेको तपाईं र हामीहरु जस्तो युवा को भविष्य हो।
यस कारण एक दुई दिन को गाडीको तेल मा नबिक्नु होस,त्यो मासु भात खान तिर न जानुहोस। हरेक मतदाताहरु ले अब त्यो पार्टी यो पार्टी भन्दै भोटे नहालानु होस आशावादी र भिजन भाको मान्छे लाई जिताउनु पर्छ। जस्ले आफ्नो मुहार होइन नेपाली आमा र नेपाली जनता को मुहार फेर्न सकोस्,देश प्रति को माया जगाउन सकोस्।
प्रतिकृया दिनुहोस्