पुरूष हिंसा विरुद्ध कहिले बोल्ने ?
साेचनिय विषय र प्रश्न गम्भीर छ,हामी कस्तो समाज मा छौ? के हामीले कहिले यो समाजलाई बुझ्न कोसिस गरेका छौ? हामी ले यो अन्धकार समाज बाट के नै सिकेका छौ र के नै सिक्न बाँकी छ? हामीले ले कहिले सोच्ने गरेका छौ, समाज कसरी बनेको छ? समाजमा हुने गति विधि के के हुन?
के हामीले कहिले हामी बस्ने समाज को चेतनाको स्तर लाई बुझ्ने वा नियाल्ने कोशिस गरेका छौ? हाम्रो समाज मा नैतिकता को खडेरी परे को छ।
यो संसारमा दुई थरी का मानिसहरु बसेका छौं। महिला र पुरुष। सबै महिला र पुरुष असल अनि खरब हुदैन । प्रत्येक मानिसको सोचाइ कहिले पनि एउटै हुदैन। हामी बस्ने गाउँ समाजमा दिनहुँ विभिन्न प्रकारका हिंसा, घटना हरु घटिरहेका हुन्छन्।
नेपाल एक पुरूष प्रधान देश भनिए ता पनि पुरूष हिंसाको कुरा गर्दा हामीलाई अच्चम लाग्छ। हामीले हिंसा के लाई बुझेका छौ? हाम्रो समाजमा हिंसा भन्ने बित्तिकै जाे कोहीले नी सजिलै भन्छ कि , यौन हिंसा अनि घरेलु हिंसा। यौन हिंसाभनेको स्त्रीहरू माथि गरिने यौनजन्य अबैध, अनैतिक, अनुचित र नाजायज व्यवहार हो, अर्थात् उनीहरूलाई भोग विलासको साधन सम्झेर कुनैपनि प्रकारको यौनजन्य हिंसा गरिनुलाई यौनहिंसा भनिन्छ । महिलाको इच्छा बिना मन्जुरी बिना कुनै डर, धम्की वा बल प्रयोग गरी जबर्जस्ती गरिने यौनसम्पर्क लाई बलात्कार भनिन्छ ।तर उही स्त्रिलाई नराम्रो दृष्टिले जिस्काउनु, अश्लीलता व्यवहार गर्नु, छूने प्रयास गर्नु, अश्लील वा अनैतिक टिप्पणी गर्नु आदि पनि यौनहिंसाको श्रेणीमा पर्दछन् । तर हिंसा का कुरा गर्दा हामीले सधै महिला हिँसा मात्र सोच्छौ।हामीले कहिले पुरूष हिंसा सुने का छौ? विडम्बना हामीले ले यौन हिंसा र घरेलु हिंसा महिला लाई मात्र हुन्छ बुझेंका वा सोचेका छौ।हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म महिला हिंसा विरुद्धको १६ दिने अभियान चल्छ, के कहिले हामीले पुरूष हिंसा विरुद्ध कहिले अभियान चलाएका छौ ? यो अभियानको स्वरुप नै विभेदकारी छ ।
हामी समानता र समताका ठूल्ठूला कुरा गर्छौं, तर व्यवहारमा भने हिंसामा पनि लैगिकताको प्रारुप खोज्छौं। नेपालमा महिलाहरूलाई विशेष अधिकार प्रदान गरिएको छ। २०४७ को संविधान अनुसार कुनैपनि पुरुषले महिलालाई कुनैपनि प्रकारको भेदभाव गर्न पाउँदैन भने महिला यदि ३५ वर्ष सम्म अविवाहि रहिन भने उनलाई पनि अंशको उत्तिनै हिस्सा मिल्नु पर्छ भन्ने नियम बनाइएको छ।
संविधानमा महिला का लागि हक आधिकार बनाएँका छन तर विडम्बना हामीले कहिले पढे का छौ पुरूष का हक आधिकारका बारे ? के हामीले सधै महिला का बारे कुरा उठाउँदा आफै लाई बिर्सेका त छैनौ? एउटा महिला ले पुरूष माथि बलत्कार गर्दा हामीले हाँसो या मजाक का रूप मा लिउछौ। एउटा घर को जग न भए हामी ठूला ठूला महल बनाउन सक्दिनौ। त्यसरी पुरूष पनि घर को जग हो ,जसले परिवार को सबै कुरा हरु अडाई रहे को हुन्छ।
पुरूष का आँखा छन तर आँसु कहिले बगदैन तर उ बाट पसिना को खोलो बग्छ। पुरूष माथि गाली गरिन्छ, हेपिन्छन्। हामी सदै महिला हिसां,महिला पर्ती लागे को दाग र महिला लाई परे को दुःख, कष्ट अनि पिडा को बारे मा मात्र कुरा उठाउँछौ। के हामीले कहिले पुरूष हिंसा का बारे मा कुरा उठाएँका छौ? हिंसा भनेको हिंसा नै हो, चाहे त्यो पुरुषले गरोस् या महिलाले । हिंसा सहने ‘पीडित’ नै हुन्छन्, ती महिला हुन् या पुरुष । हिंसा गर्ने ‘पीडक’ नै हो, चाहे महिला होस् या पुरूष।समाजमा महिलाले खेेपेको वा भोगेको हिंसाको बढी चर्चा हुन्छ, समाचार बन्छ, अभियान चल्छ । तर, यही समाजमा पुरुषले भोग्नु पर्ने हिंसा पनि महिलाको तुलनामा कम छैनन् । ती घटना भने सार्वजनिक हुँदैनन्, गरिँदैन । कुनै पनि महिलाले मुद्दा लिएर जहाँ गए पनि उनको मुद्दाको सुनुवाइ हुन्छ, पुलिस-प्रशासनले जाहेरी लिन्छ, सहानुभूतिका शब्द पनि महिलाले पाउँछिन् । तर त्यही खाले घटना पुरूष माथि भएको रहेछ भने पहिलो कुरा त्यो घटना सार्वजनिक गर्न सजिलो हुँदैन र अत्याचार हुन्छ।
यस्तो अवस्थामा पुरुष विरुद्धको हिंसा हुन्छ कि हुँदैन ?
आजको कठिन समयमा पुरुषहरु पनि धेरैनै पिडामा छन् कतिपय घरायसी मामिलामा हाेस या बाहिरी पुरुषमाथि हुने हिंसाका घटनाको बारेमा पनि सुनुवाइ हुनुपर्दछ पुरूष का लागि पनि दरिलाे कानुन बन्न जरुरी छ ताकि पुरुषले पनि सम्मान पुर्वक बाच्न पाउन । त्यसैगरी कतिपय घटनामाहरुमा व्यक्तिगत गाेपनियतालाई ख्याल गरि प्रहरी प्रशासनले पनि ध्यान पुर्याउनु आवश्यक देखिन्छ । हालसालै घटेकाे क्रिकेट खेलाडीको घटनामा व्यक्तिगत गाेपनियतामा प्रहरी चुकेकाे अन्दाज गर्न सकिन्छ तसर्थ समाजमा देखिन सक्ने घटनाहरुले भाेलिका दिनमा पुरुष प्रदान भनिन्छ तर पुरुषहरुनै अन्यायमा काेहि नपरुन ।
प्रतिकृया दिनुहोस्