कैलालीमा अवस्थित बेहडा बाबा मन्दिरको महिमा,देवराज उपाध्याय

जय श्री बेहडा बाबा देवाधिदेव शंकर ।
प्रसन्नो भव विश्वात्मन् भोलानाथ नमोऽस्तुते ।।
धनगढी उपमहानगरपालिका–१६ (साविक उर्मा–४) रामपुर स्थित बेहडाबाबा मन्दिर क्षेत्रलाई सुदुरपश्चिमकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र..
मन्दिर क्षेत्रमा करोडौंका भौतिक संरचनाहरुको निर्माणसँगै राम्रो व्यवस्थापन भएपछि मन्दिर क्षेत्रको मुहार विगतभन्दा फेरिएको हो !!

बेहडा बाबा सुदुरपश्चिम प्रदेशको मात्रै नभई मुलुककै बहुचर्चित आस्थाको केन्द्र मानिन्छ । जहाँ पत्नी लाभ, पुत्रलाभ, धनलाभ लगायत धेरै मनोकांक्षा बोकेर तिर्थालुहरू आउने गरेको स्थानीय बताउँछन् ।
परापूर्वकालमा शिवलिंग आफैँ उत्पत्ति भएपछि त्यहाँ मन्दिर स्थापना गरिएको मन्दिर पूजारी को भनाई छ ।रामपुर गाउँस्थित जंगल किनारमा अवस्थित सो मन्दिरमा भएको शिव लिंग परिवर्तनशील देखिएको छ ।
भारतीयहरू शिव लिंगमा डोरीले बाँधेर कयौंपटक उखेल्न प्रयास गरेको तर उनीहरूको प्रयास असफल भएको जनाइएको छ ! उखेल्न नसकेपछि उनीहरूले फलामको घनले हिर्काएका थिए रे घनले हिर्काएको छाप अहिले पनि लिंगको माथिल्लो भागमा स्पष्ट देख्न सकिन्छ ।
लिंगलाई जमिनबाट उखेली आफ्नो ठाउँ (भारत) मा लग्ने लाख प्रयास गर्दा पनि लिंग त्यहाँबाट हलचल नभएपछि सोही ठाउँमै मन्दिर स्थापना गरिएको जनविश्वास छ ।

मन्दिर परिसरमै महादेव नामको एउटा ठूलो तलाउ पनि रहेको छ । त्यस तलाउमा स्नान गरी दर्शनार्थीहरू शिवजीको पूजा गर्ने गर्दछन् ।
पुत्र, पत्नी, धन लाभ हु्ने विश्वास…
बेहडाबाबाको शिवलिङ्ग भगवान शिवको प्रतिकका रुपमा मानिन्छ । यो मन्दिरमा पूजाआजा गर्नाले पुत्र, पत्नी, धन लाभ हुन्छ । बेहडाबाबा मन्दिरको सम्बन्ध परापूर्वकालदेखि भारतसंग जोडिएकाले पनि भारतीय श्रद्धालुहरु पूजा आजाका लागि बढी आउने गर्छन् बेहडाबाबा मन्दिर कैलाली महेन्द्र राजमार्गको चौमाला बजारबाट करीब ६ किलोमिटर दक्षिणमा अवस्थित छ ।
प्रतिकृया दिनुहोस्