May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

एमसीसी सम्झौतामा राजनीतिज्ञहरुले सहि निर्णय लिन नसक्दा जनतालाई सास्ती

एमसीसीकै कारण जनता र प्रहरीबीच ढुङ्गा मुडा चलिरहेको छ। दिनदिनै सास्ती छ जनतालाई तर याे विषय सहजै समाधान हुने अबस्था देखिदैन एमसीसी परीयोजना अमेरिकि सम्सद बाट पारीत पारीयोजना भएको कारण नेपालको सम्सदमा ल्याउनु परेको हो । यहाँ समन ठीक छ ।

बिद्युतीय क्षेत्रमा राम्रो सुधार र उक्त क्षेत्रमा जोडीएका राजमार्ग हरु फराकिलो र विश्व स्तरको बनाउने योजना त्यो पनि ठीक छ । समस्या नेपालका राजनीतिक पार्टीको अपरिप्क्वतामा हो जनता लाई “अमेरिकी  सम्सदबाट आएको आनुदान नेपालको  सम्सदले औपचारिक रुपमा स्वीकार गर्नु पर्छ” भनेर बुझाउन न सक्नु मुख्य समस्या हो ।

दोश्रो कुरा नेपालको सम्सदले उक्त पारीयोजना सम्सद बाट अनुमोदन गरे भोली चिन भारत हुँदै संसारका सबै देश हरुले तेस्तै प्रकारको पारीयोजना नेपाल लाई प्रस्तव गर्छ जस्को कारणले गलत नजिर बस्न जान्छ ।

एती सामान्य कुराको अध्यान गर्न चुकेको करणले
एउटा सामान्य पारीयोजनाले नेपाली राजनीति लाई तरङित बनाइ रहेको छ । एस्ता पारीयोजानाको ड्रब्याक्स के के हुन सक्छ भनीअध्ययन गर्दै नगरी पारीयोजना स्वीकार गर्न हतार गर्नु झन ठुलो समस्या हो । अन्तरराष्ट्रिय स्तर संग जोडीएको हरेक निर्णयको  पारीणामको पूर्व अनुमान गर्न नसक्ने तत्कालिन सरकारका प्रतिनिधिको अपरिपक्व निर्णयको कारणले विश्वमा नेपालको निर्णय र क्षमतामा गम्भिर प्रश्न उठेको छ ।

एमसीसी पारीयोजनाको बिरोध प्रदर्शनमा धेरैनै  नेपाली नागरिक घाइते भएका छन् भोली कुनै एक नेपाली नागरिकको ज्यान गयो भने तेस्को
जिम्मा कस्ले लिने ?सधैं बन्द सधैं बिरोध कैहिले सम्म जनताले सडकमा उत्रेर खबरदारी गरी रहनु पर्ने ? राजनीतिक मेचुरिटी छैन भने किन राजनीति गर्नु हुन्छ
तपाईं हरु ? भन्ने प्रश्न उठ्छ राजनीतिज्ञहरुमा ।

नेपालका राजनीतिक पार्टीहरुबाट भएको गल्तीका कारण जनताले बेला बेलामा दुख पाउने गरेका छन् । देशको विषय विभिन्न खाले सहयोग बाह्य देशले गर्न चाहन्छन् भने ती आफ्न देशका लागि के कति उपयुक्त छ भनी सबै पार्टीका शिर्ष नेताहरुले समयमै उचित निर्णय लिन सक्नुपर्दछ । सहयोगी

शीर्ष समाचार

धेरै पढिएको