September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

जनताले अस्विकार गरेको एमसीसी कुनै हालतमा पास नहुने माओवादी केन्द्रका नेता तिमिल्सैना

एमसिसि पास हुदैन सभामुख माथि कार्बाही गर्ने एमाले को दिवा सपना हो- माओवादी केन्द्र नेता तिमिल्सैना

एमसीसीका बारेमा अब नेकपा माओवादी केन्द्रका युवा नेताले पनि आफ्नो मुख खोल्न थालेका छन । यसैक्रममा माओवादी युवा नेता खकेन्द्र तिमिल्सैना खुमनले पनि आफ्नो आवाज बुलन्द गरेका छन् ।

उनले पत्रकारसँगको कुराकानीमा एमसीसी कुनै हालतमा पास नहुने र पूर्णरुपमा असफल हुने हुने दाबी गरेका छन ।

यतिमात्रै हैन तिमिल्सैनाले सभामुखलाइ अविश्वासको प्रस्ताव ल्याएर हटाउने एमालेको दिवासपना मात्रै भएको उल्लेख गरेका छन्। उनले एमसीसीलाइ राजनितिकरण गरेर सदनमा पेश गरिएपनि यो फेल हुने र यसको विपक्षमा दुइतिहाइ संसदले मतदान गर्ने खुलासा गरेका छन् ।

एमसीसीलाई नेपाली जनताले अस्विकार गरिसकेकाले दुइ चार जनाले भन्दैमा एमसीसीको पक्षमा जनता नरहेको उनको भनाई छ ।

एमसीसी आफैमा इन्डोप्यासेफिक रणनीति अन्तर्गत पर्ने भएकाले यो नेपाल नेपालीको हित अनुकुल नरहेको समेत नेता तिमिल्सिनाले बताएका छन् ।

सहयोग अनुदान भए जबरजस्ती पास गर्नपर्छ किन भनियो ? यसर्थ बाहिर सडकमा जनता आन्दोलनमा उत्रिएका विभिन्न क्रान्तिकारी संगठनहरू आक्रोशित भएका बेला एमसीसीलाइ प्राथामिकता दिनु र अगाडि बढाउन खोज्नु नेपालको लागि गम्भीर हुने भन्दै अहिले चुनाव केन्द्रित भएका दलहरुलाई यसले चुनावमा असर हुने उनको दाबी छ ।

शीर्ष समाचार

धेरै पढिएको