December 8, 2021, Wednesday
२०७८ मंसिर २२, बुधबार

रक्षाबन्धन र जनैपूर्णिमाकाे महत्त्व,जनै लगाउदा र विसर्जन गर्दा मन्त्र जप्नुपर्छ

आज जनैपूर्णिमा श्रावणीस्नानका साथै रक्षासूत्रबाध्ने दिन हो । श्रावण शुक्ल पूर्णिमाको दिनलाई ऋषितर्पणी अर्थात् जनैपूर्णिमा भनिन्छ । यस दिन श्रावणी स्नान, तर्पण, सप्तर्षिपूजन, यज्ञोवीत अर्थात् जनैको पूजा, रक्षाबन्धन पूजन एवं धारण गर्ने शास्त्रीय विधि विधान रहेको छ ।

उक्त पवित्रताको कवच स्वरूप यज्ञोपवित अर्थात् जनै र रक्षाबन्धन धारण गर्ने विधान रहेको छ । धर्मसिन्धु, निर्णयसिन्धु, व्रतराज, कर्मकाण्ड भास्कर लगायतका ग्रन्थमा श्रावणी उपाकर्मको विधान गरिएको छ । विशेष अभिमन्त्रण गरिएका जनै वर्षदिनका लागि अभिमन्त्रित रहन्छन् ।

अभिमन्त्रण नगरेको जनै धारण गर्नु हुँदैन । सुतक, मृतक पश्चात् यज्ञोपवीत(जनै) परिवर्त गर्ने शास्त्रीय विधान छ । सामान्यतया एक पटकको जनैले तीन महिना धान्छ । अर्थात् एउटा जनै तीन महिनासम्म मात्र लगाउने शास्त्रीय विधान छ । सो पश्चात् पुनः अर्को फेर्नु पर्ने हुन्छ । यज्ञोपवीत अर्थात् जनै धारण गर्दा निम्न मन्त्रको उच्चारण गर्नुपर्दछ – ॐ यज्ञोपवीतं परमं पवित्रं प्रजातेर्यत्सहजं पुरस्तात् । आयुष्यमग्ग्र्यं प्रतिमुञ्चशुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः ।। नयाँ जनै धारण गरिसकेपछि पुरानो जनैलाई विर्सजन गर्ने पनि विधान छ । पुरानो जनैलाई शुद्ध पवित्र स्थानमा विसर्जन गर्नुु पर्दछ । उक्त विसर्जन गर्ने पनि विशेष मन्त्र रहेको छ । येनबद्धो वलि राजा दानवेन्द्रो महाबलः । तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।। भनी रक्षा सूत्र धारण गर्ने शास्त्रीय विधान रहेको छ । जसलाई रक्षा बन्धन पनि भनिन्छ ।

वैदिक सूक्तद्वारा अभिमन्त्रित रक्षासूत्रले हाम्रो रक्षा गर्ने भएकाले पनि धारण गर्नु आवश्यक देखिन्छ । वर्षदिनसम्म भए गरेका ज्ञात अज्ञात समस्त पापको क्षय पूर्वक आयु आरोग्य र ऐश्वर्यको कामना गर्ने विशेष दिनका रूपमा पनि यस दिनलाई लिइन्छ । यसैगरी विभिन्न गेडागुडीलाई भिजाई टुसा उमारेर अर्थात् क्वाटी बनाई खाने प्रचलन पनि हाम्र समजमा रहेको छ ।

यसैगरी रक्षा बन्धनलाई राखीका रूपमा पनि मनाउने चलन रहेको छ । चेलीवेटीले आफ्ना दाजु भाइको दीर्घ आयु आरोग्यका निम्ति पनि विशेष रक्षासूत्र ‘राखी’ बाँध्ने चलन रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको