August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

मधेशमा नयाँ पार्टीको मनौवैज्ञानिक सम्भावना

मधेश आफैमा एउटा स्वतन्त्र भुगोल होइन । भौगालिक रुपमाले यसको बहुपक्षीय धारबाट हेर्दा भाषाबाट बहुराष्ट्रिय भुगोल मान्न सकिन्छ । यस परिवेशमा संस्कृतिलाई पौराणिक कहानी र तथ्यको रुपमा मिलाएर हेर्दा यहाँको चिन्तनमा विविधता छ । दक्षिणतिर भारतको प्रभाव रहेता पनि रामायणकालिन कहानीबाट मैथिल भाषि, हिन्दुको प्रभाव र महाभारतकालनि समयमा नेपाल, विराट लगायत अन्य राष्ट्रहरु वर्तमान नेपाल भिन्न उदय भइसकेका थिए ।
हडप्पा सभ्यताको उदयसँगै हिन्दुको नयाँ व्याख्या, सनातन धर्म र वैदिक धर्मले जीवनको व्याख्या, प्राणी र प्रकृतिसँगै व्यवस्थालाई आत्मसाथ गर्न थाल्यो । हिन्दु महासागर र हिमालयबीच अनेकौ राष्ट्रहरु समयको परिवर्तन, भुगोल,प्राृतिक बनौट सँगै मानव जगतले आफ्नो इतिहास बनाउन थाले ।

शक्तिको आडमा समान आकांक्षा, भावना र रीतिले समुदायको उत्पतिसँगै दुनियाँले खोज खबर, अनुसन्धान र विज्ञानलाई प्राथमिकतामा राख्यो ।
सन् १३०० अर्थात १३ शताब्दीपछि अधिकार र कर्तव्य, नागरिकको भूमिकामाथि विचार विमर्श तर्कको आधारमा हुन थाल्यो । समयको अन्तरालसँगै युरोपले एशिया, अफ्रिकासँगै अन्य भुभागमा आफ्नो वर्चस्व बढाउन थाल्यो ।

विशौ शताब्दीको अन्त्यतिर औपनिविशकता हराएसँगै भारत दुई टुक्रामा विभाजित भए पश्चात नेपाल एक अखण्ड राज्यसँग यसँग जोडिऐको भूभाग र संस्कृतिकहिल्यै पनि आफुबीच अन्तरसंघर्ष द्वन्द्धबाट गुज्रेन ।

राजनीतिक रुपले खस आर्यनले एकलौटी शासन गरे पनि थकाली मनौविज्ञान, नैतिक पतन र करुप रुपले दरवारियाको हालीमुहाली हुँदै अन्त्य भयो ।

जीवनको पर्याप्तया, सुविधा, अधिकतर उपभोगले विलासी जीवन र उग्र जातियपन, सामन्तवाद भित्री रुपले च्यापी राख्यो । अन्तरनितीय गुण र संस्कारले पोषित केही नेपाली दक्षिणथंथीले अर्थको अनर्थ, सत्ताको स्वाद, विकासको मर्म परिवारिभत्र सीमित राख्ने चलखेल बढीरहेका नेपाली युवाहरुमाथि पैसाको पोका, युरोपको जालसाजी र हिन्दु संस्कृतिको अपव्याख्याले मधेशका केही सामन्त, जातिविशेष आफ्नो मुठ्ठीमा राख्न खोज्दै छन् ।

नेपाल शुरुदेखि भौगिलिक रुपले अखण्ड, स्वाधिन र दुनियाको आँखामा अविभाज्य तथा औपनिवेशिकविहीन राज्यको रुपमा स्थापित भई केही हदसम्म वर्तमान भारतको धेरै प्रान्तहरु आफ्नो कब्जा लिइसकेको भएता पनि धर्मको आड्मा, ब्रिटिश साम्राज्य सके पश्चात पुनः नेपालमाथि आर्थिक र सांस्कृतिक रुपले दमन बढाउन थाल्यो ।

वि.सं. २०४६ को नाकाबन्दी, २०७२ को नाकाबन्दी, सन् १९५० को असमान सुगौली सन्धी, वि.स. २०१५ को संविधान निर्माण गर्ने त्र्रmममा पु¥याएको योगदान र सो वापत लिएको कोशी नदीको सम्झौता, वि.सं. २०५१ तिर टनकपुर बाँध लगायत अनकौ संरचनालाई हातमा लिई नेपालमा आफ्नो निर्यात क्षमता बढाउन सफल भयो । तत्पश्चात मेधश भन्ने शब्द तराई शब्दलाई दबाउन आफ्नो गोटी मार्फत विदुरको भाषा मुसाको खेल खेल्नु शुरु गर्यो ।

नेपाललाई विभाजन उन्मुख गराउन पश्चिमा देशहरुको सहयोग, आश्वासनमार्पmत पश्चिमाको सहयोगलाई इण्डो एशियामार्पmत बढाउन पूर्णत कार्यरत भयो । नेपाली सन्दर्भमा, नेपालका दक्षिणी भेगका केही सिमीत विश्लेषक र राजनीतिकर्मी पैसा, पद र विलाशिताको लोभमा मधेशमा अनावश्यक रुपले गुण भन्दा परिमाण, समुदाय भन्दा जाति, धर्मको गुण भन्दा अवगुणलाई प्राथमिकता राखी निरक्षर, अल्प शिक्षित जनतालाई डाेर्‍याउन सो बापत नयाँ पार्टी खोल्ने, कार्यकर्ता भई गुलामीको भूमिका निभाउनु पर्ने केन्द्रिय राजनीतिमा एउटै पात्र पनि देखि १५ पटकसम्म मन्त्री बनी समस्या समाधान हुन नसकी ‘कथित मधेश’ औसत रुपमा आफ्नो वास्तविक पृष्ठभूमी भन्दा माथि उठ्न नसकेको देखेर मनमा के जड समस्याले मधेशीको विकाशलाई रोकेको छ खौज्दै जाँदा संकुचित मानसिकता नै देखिन्छ ।

शीर्ष समाचार

धेरै पढिएको