June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

मृत्युको सिजन चलिरहेको छ बाँचौ र बचाऔँ

वर्तमान अवस्थामा संसारमा बाच्न सक्नुनै सबैभन्दा धनी व्यक्ति हाे जस्ताे भएको छ ।हामीले सुनेका थियौं भारतमा अक्सिजन नपाउँदा हजारौंको ज्यान गयो तर अहिले नेपालमै अक्सिजनकाे अभावमा बिमारीहरु अस्पतालमै छटपटियर मर्न थालेका छन् । बैशाख २९ गते भैरहवा र रुपन्देहीमा अक्सिजनकाे अभावमा १७ जनाकाे ज्यान गयो अस्पतालहरु धमाधम अक्सिजन उपलब्ध गराउन सकिँदैन भनेर विज्ञप्ति जारी गरिरहेका छन् ।

बिरामीको आफन्तकाे तड्पिदै रुदै चिकित्सक सँग आफन्त बचाउन हारगुहार गरिरहेका छन् । काठमाडौंकाे माहाराजगंन्जमा रहेकाे साहारा अस्पताल ले अक्सिजनकाे अभावमा बिरामी अन्तै पठाइ अस्पताल नै बन्दा गरेकाे छ।त्यस्तै नर्भिक अस्पतालले पनि बिरामी भर्ना गर्न नसकिने बताएको छ। बिरामीहरु बेड नपाउदा भुइँमा सुत्न बाध्य छन् देशभर हाहाकार मच्चिएको छ । मृत्यु भएका आफन्तले मृतकको अनुहार समेत हेर्न पाउने अवस्था छैन तर सरकारले चिहान चै खनिरहेकाे छ। संक्रमितको उचित व्यवस्थापन र उपचारका गर्न सकेकाे देखिदैन ।

काेराेनाकाे महामारीले गर्दा अचेल विश्वभर मृत्युको सिजन नै चलेकाे छ । भर्खरै स्वस्थ रहेका व्यक्ति कतिबेला बिमारी परिसक्छ एकिन गर्न सकिदै सायद मानव जिवनमा याे सबैभन्दा कठिन घडि हाे । धेरै धनी रहेका व्यक्तिहरुले पनि आफ्नाे धन खर्च गरेर आफैलाई बचाउन सकिरतहेको अबस्था छैन । सन २०१९ काे डिसेम्बर महिनादेखि चीन बाट सुरु भएको काेराेना भाइरस (काेभिड १९) ले थरिथरकाे रुप परिवर्तन गरेर मान्छेको ज्यान लिरहेकाे छ ।

पछिल्लो समय नयाँ भेरिएन्टकाे काेराेना भाइरसले अत्यधिक रुपमा संक्रमित गराउनेछ र ज्यान छाेटाे समयमै लिरहेकाे पाइएकाे छ । याे लेख तयार पार्दाकाे समयसम्म काेभिड १९ ले विश्वभरका १६ कराेड ११ लाख ६४ हजार भन्दा बढि जनसंख्यामा संक्रमित गरिसकेको छ । त्यसैगरी साढे ३३ लाख चानचुन मानिसकाे मृत्युु भइसकेको छ । सुरुवाती चरणमा काेराेना संक्रमित रहेका व्यक्ति सँगकाे सम्पर्कमा रहदा मात्र सर्छ भनिए पनि वर्तमान अवस्थामा संक्रमित व्यक्ति र अन्य तरिकाबाट पनि झन छिटाे सरल तरिकाले काेराेना सर्ने छाेटाे अवधिमै मान्छेकाे मृत्यु हुने गरेकाे जानकारहरु बताउँछन् ।

बिहानै उठ्याे पत्रपत्रिका हेर्दा,रेडियाे समाचार सुन्दा,टेलिभिजनकाे पर्दामा काेराेनाकाे काहालि लाग्दाे खबरहरु आइरहेका हुन्छन् । काेभिड १९ ले विश्वभर पुर्‍याएकाे मानवीय र आर्थिक संक्टकाे अबस्था कल्पना गर्नै नसक्ने हुन लागेकाे छ दाेस्राे लहरकाे काेराेना भइरस निकै खतरनाक भएकोले विश्वभरका अधिकांश राष्ट्रहरुले सतर्कता अपनाई रहेका छन् । कतिपय देश लामाे समयदेखि लकडाउन गरिरहेका छ भने कतिले अन्तर्राष्ट्रिय उडान बन्द गरेर काेराेना संक्रमित धेरै भएको राष्ट्रलाई आफ्नाे देशमा प्रवेस निषेध गरिएको छ ।

नेपालमा हाल काेराेना संक्रमितहरुकाे संख्या तिव्र रुपमा फैलिएको छ । दिनदिनै परिक्षण गरिएको संख्याकाे लगभग आधा जनसंख्या संक्रमित हुदैआएका छन् । मृत्युु हुनेकाे संख्या त्यतिकै बढ्ने क्रम चलिरहेको छ । अस्पतालमा अक्सिजनकाे हाहाकार छ । अस्पतालले बिरामीहरुकाे भर्ना लिन मानिरहेकाे अबस्थामा छैन् आइसीयूमा रहेका बिमारीहरु अक्सिजकै अभावमा भटाभट मरिरहेका झन् तर अस्पताल बिरामीका आफन्तलाई अक्सिजन खाेजेर ल्याउनुस भनिरहेकाे छ । यहानिर गम्भीर समस्या र प्रश्न खडा हुन्छ आइसीयूमा सिकिस्त बिरामी छाेडेर आफन्तले अक्सिजन काहाँबाट खाेजेर ल्याउने सरकार ?

सरकार स्वयंले समयमै भरपुर तयारी गर्न सकेकाे भए आज हजारौं जनता अक्सिजनकाे खाेजिमा हुनुपर्ने थिएन ती सिकिस्त बिरामी सासै फेर्न नसकेर अक्सिजनकाे अभावमा मर्नुपर्ने थिएन । विडम्बना देशमा राजनीतिक लडाइँ चलिरहेको छ । जनताको स्वास्थ्य स्थर दिनदिनै कमजोर भैरहेकाे छ,दिनकाे २ सयभन्दा माथि जनता मर्न थालीसके, अब उपचारनै नपाई मरिन्छकि भन्ने त्रासमा बाँचिरहेका छन् । यता् सम्पूर्ण शक्ति लगाएर देश र जनताको सुरक्षामा खटिनुपर्ने अबस्थामा राजनीतिक दलहरु सत्ता र पदकै लागी लुच्छाचुढि गरिरहेका छन् ।

मध्य शहरका बिचमा रहेका जनताहरु उपचारको अभावमा छटपटीन थाल्यो अब ग्रामिण भेगमा रहेका जनताले के गर्लान् ? चिन्ताजनक विषय रहेकाे छ । देशकाे वर्तमान राजनीतिक अवस्था जनताकाे स्वास्थ्य स्थितिमा राज्यले दिने साथ र आम जनताले भाेगिरहेका कठिनहरुलाई मध्यनजर गर्दै आम नागरिक सबैले काेराेना देखि साबधान हुन अत्यन्तै जरुरी छ ।

स्वास्थ्य मापदण्ड पालना गरेर अत्यावश्यक बाहेकका काम मात्र बाहिर जाने, सामाजिक दुरि कायम गर्ने,मास्क अनिवार्य रुपमा प्रयाेग गर्ने ,साबुनपानीले हात पटकपटक धुने,सेनिटाइजर प्रयाेग गर्ने,आदि कुरामा ध्यान दिए बच्न सकिनेछ।सरकारले विभिन्न देशहरु संग कुटनैतिक पहल गरेर आवश्यक मात्रामा अक्सिजन भित्र्याउन र निषेधाज्ञामा रहेका नागरिकहरुलाई आवश्यक व्यवस्थापन गर्नुपर्दछ ।

लेखक भुवन चाैलागाई

शीर्ष समाचार

धेरै पढिएको