April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

बढ्दो राजनीतिक वितृष्णाका कारण

  • 247
    Shares

मुलुकमा मौलाएको अराजकता र राजनीतिक अस्थिरताले भावी विकास र वर्तमान अवसरलाई प्रत्यक्ष प्रभाव पारेको छ नै देशको सकारात्मक पक्षहरुलाईसमेत दुर्बल बनाइरहेको छ । दुई तिहाईको बलियो सरकार पार्टीकै विवादका कारण दुर्दशा र अनिश्चितताको भुमरीमा नराम्ररी फसेको छ । गत पुस ५ गतेको संसद विघटन र सर्वोच्च अदालतको संसद पुनःस्थापना फैसलाले नेपालको राजनितिमा भिन्नै तरंग ल्याएको छ । नयाँ सत्ता समीकरणका लागि विभिन्न गुट भैरहेका छन् भने नेता तथा कार्यकर्ता अलमलमा छन् ।

राजनितिक दलका नेता तथा कार्यकर्ता, जनप्रतिनिधिबिच अविश्वास प्रस्ताबको जुहारी छ । यस्तो परिवेशमा जनता अचम्मित हुनु नौलो कुरा होइन । दिनहुुँ नेताको शक्ति र दम्भले भरिपुर्ण भाषण सुन्नु जनताको दैनिकी जस्तै बनेको छ । विभिन्न टीका टिप्पणी र आरोप, प्रत्यारोप लगाउनु यो राजनितीको एक सामान्य हिस्सा हो । बढ्दो राजनितीक वितृष्णाका मुख्य कारण सत्ता, पद, शक्ति, दम्भ, नातावाद, कृपावाद, झुटको खेती इत्यादी हुन । राजनितीमा यसरी नै झुटको खेती चल्छ । एकता र एकमत कायम हुँदैन भने देशले समृद्धिको मुहार कहिल्यै फेर्न पाउने छैन ।

अहिलेको परिवेशमा मेरो बुझाइ अनुसार राजनीतिमा चार प्रकारका राजनैतिक मानिसहरु छन् । जसमध्ये तीन थरिका मानिसहरु समाजमा अलिक सक्रिय हुन्छन् भने अर्का थरि निष्क्रिय । पहिलो, राजनितिमा धेरै सक्रिय र जिम्मेवारी पाएका मानिसहरु: यिनिहरु देश र समाजको राजनितिमा नै आफ्नो झुकाव धेरै राख्छन् भने भेला तथा चिया गफमा निकै नम्र तरिकाले आफ्नो बिचार प्रस्तुत गर्ने गर्छन् । जुन समयमा उनिहरुले आफ्नो राजनैतिक हैसियतलाई ध्यानमा राख्दै आफ्नो धारणा राख्ने गर्छन् । दोस्रो, बादरले आफ्नो घर पनि बनाउँदैन र अरुलाई पनि बनाउन दिदैँन भन्ने नेपाली उखान जस्तै राजनितिमा केहि समय व्यतीत गरेका तर न आफु अघि पुग्ने न त अरुलाई जान दिने । यस्ता वर्गमा मानिसहरु आफ्नो दैनिकि र राजनितिलाई एकसाथ अघि बढाउने गर्छन ।

उनिहरु आफ्नो पेशा व्यवसायलाई प्रभावकारी  बनाउन राजनितिलाई पनि प्रयोग गर्ने गर्छन । समाज तथा आफ्नो घेराभित्रका मानिसहरुलाई सबै राम्रो कुराहरु आफ्नै पहलमा भएको र नराम्रो कार्यहरु अरुले गर्दा भएको बताउँदै समग्र राजनितिको माहोल आफुले नै सिर्जना गरेको र सम्पुर्ण राजनिति आफु अनुकुल गराएको भन्न पछि पर्दैनन् ।

तेस्रो, उदयमान राजनैतिक मानिसहरु: उनिहरु मुलत युवा तथा विद्यार्थीको समुह हुने गर्दछ्न । उनिहरु देश तथा समाजको राजनितिको विषयका केहि कुरा बुझेका तर पुर्ण रुपमा परिपक्क भईसकेका हुँदैनन् ।तर कुन कुराले देश तथा समाजको लागि राम्रो हुन्छ भन्ने कुरा केहि हदसम्म बुझेका हुन्छन् । उनिहरु समाज तथा आफ्नो सर्कलमा आफुलाई मन परेको तथा आफु सहमत भयको विषयमा निर्धक्क भयर आफ्नो कुरा राख्ने गर्दछ्न जुन कुराहरुलाई अरुले तर्क गरे भने उनिहरु झन धेरै उत्तेजित भयर आफ्नो भावना पोख्ने गर्छन । साथै उनिहरु फाईदा बेफाईदा भन्दा पनि आफुले अनुसरण गरेको सिद्दान्त तथा मान्यतालाई नै सबथोक मानेर त्यसको बारेमा वकालत गर्ने गर्छन ।

चौथो, साधारण मानिस: उनिहरु आफ्नो समाजमा भएका सबैखाले मानिसहरु संगत गर्ने अभिव्यक्ति सुन्ने गर्दछन । उनिहरु प्राय: आफ्नो दैनिकिमा व्यस्त हुने गर्दछन तर फुर्सदको समयमा देश तथा समाजको बस्तुस्थिति बारे बुझ्ने गर्दछ्न । सबैखाले मानिसहरुको अभिव्यक्ति सुनिसकेपछि धेरैले आफुलाई अप्रत्यक्ष रुपमा कुनै एक सिद्दान्तमा प्रवेश गराउँछन ।

राजनीति अस्थिर हुँदा मुलुकले धेरै घाटा व्यहोर्नुपर्ने हुन्छ भने हरेक क्षेत्रमा दुरगामी नकारात्मक असर पर्नजान्छ । अहिले देशलाई असल नेतृत्वको खाचो छ । राजनीतिक वातावरण प्रदुषण पार्ने बाहिरी तथा आन्तरिक विभिन्न तत्वहरुलाई बेलैमा पहिचान गरिनुपर्छ । नेपाली युवापुस्ता केबल सत्तामा पुग्ने माध्यम बनेका छन् । युवा वर्गलाई प्राथमिकता दिई उनीहरुको सहयोगमा राष्ट्र निर्माणमा जुट्नुपर्ने समय आएको छ । आज देशको आवश्यकता असल युवा नेतृत्वको हो ।

शीर्ष समाचार

धेरै पढिएको