May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

धर्म भनेको के हो र किन मान्ने गरिन्छ ?

  • 6
    Shares

व्यक्ति वा वस्तुको प्राकृतिक स्वभावलाई नै धर्म भनिन्छ । धर्म भनेको कुनै पनि वस्तुको कहिल्यै नफेरिने विशेषता हो उसको आफ्नै स्वभाव हो । आगोको धर्म तातो हुनु हो । पृथ्वीको धर्म गन्ध आउनु, बीउ उम्रिनु अनि हावाको धर्म सुकाउनु भनेजस्तै मनिसको धर्म मानवता हो । त्यसलाई मानवीय सद्गुण पनि भनिन्छ । मानवका लागि धर्म उसको आफ्नो परिचय हो, अस्तित्व हो र स्वाभिमान पनि हो । धर्म नहुँदा मानव मानव हुँदैन, दानव हुन जान्छ । मानव मानव नै हुन धर्म चाहिन्छ । सत्मार्गमा हिड्नको लागि आत्मा परात्मा र परमात्माको समिपमा जानको लागि हामीले धर्म मान्ने गरिन्छ ।

विभिन्न चाडपर्वहरू मनाउने गरिन्छ, के छ यसको धार्मिक मुल्य मान्यता ?

हाम्रा प्रत्येक चाड पर्वहरु मनाउनुको पछाडी विशिष्ट अर्थ र अन्तर्निहित उदेश्य रहेको छ । त्यसको महत्व युगौयुगदेखि जस्ताको त्यस्तै रहदै आएको छ । यी चाड तथा पर्वहरुको अध्ययनले हामी, हाम्रो समाज र हाम्रो समाजिकताको झलकलाई प्राचिन कालदेखि डोर्याएर ल्याएको छ । नेपाली समाज, नेपाली राष्ट्रिय एकता र अखण्डताको समृद्धिको लागि यी चाडपर्वहरु महत्वपूर्ण खँम्बाको रुपमा रहेका छन् ।

हाम्रो धार्मिक समन्वय र सामाजिक एकताको प्रेरक प्रतिक भएका छन् । हाम्रो सामाजिक सौहाद्तामा बेलाबखत परेको खाडल पुर्दै ल्याएका छन् भने सामाजिक बनावटमा देखिएको मतभेद हटाउन मद्दत गरेका छन् । यीनको क्रियाबिधि बिभिन्न रुपमा रहेको छ तर मूल्तत्व भने एउटै छ । त्यसकारण यी हाम्रा संस्कृतिक सम्पति भई हाम्रो धार्मिक, संस्कृतिक, सामाजिक र आध्यात्मिक मेरुदण्ड भई हामी नेपालीहरुको गौरवको रुपमा उभिएका छन् । हामीमा मानवीय चरित्र निर्माण गराउनुमा यी चाडपर्वहरुको ठूलो योगदान छ ।

चाडपर्वहरुको उत्पत्ति- हाम्रा चाड पर्वहरुको उत्पत्ति स्थानीय परम्परा, व्यक्ति विशेषबाट सृजना गरिएको संस्कृतिबाट भएको नभई सनातनी वैदिक धर्मग्रंथ, बिभिन्न धर्मसूत्र, पौराणिक कृत्य र आचारसंहितामा उल्लेख गरिएका कृत्य हुन् । यिनलाई मनाउने शैली र नियम बैदिक र पौराणिक काव्यहरुमा उल्लेखित गरिएको देखिन्छ भने सूर्य, चंद्र, तिथि र वारको संयोगात्मक र वियोगात्मक मानका रुपमा हाम्रा चाडपर्वहरु रहन पुगेका पाइन्छन ।

चाडपर्वको महत्त्व- चाडपर्व मान्छे-मान्छेबीच, मान्छे र प्रकृतिबीच सामाजस्य राख्ने माध्यम हो । अझ भन्दा सम्पूर्ण ब्रह्मांडको कल्याण चिताउने माध्यम हो । यसमा लौकिक कार्य र धार्मिक तत्व समावेश भएको छ । यसबाट हामीले हाम्रो जीवनमा सच्चरित्र निर्माण गर्न मद्दत पाएका छौ भने आफु जन्मिएको समाजको उन्नति गर्ने हौशला पनि पाएकाछौ । आपसी भाईचारा, स्नेह सम्बन्ध, सदाचरण आदि गुण अभिवृद्धि गरी ईश्वर वा संस्कृतिप्रति श्रद्धाभाव जागृत गर्न यी चाडपर्वहरुको ठूलो महत्व छ ।

पुजा पाठ गर्नको लागि भेदभाव गरिन्छ किन होला ?- बाहुनवाद भएर हो तर यो सबैमा लागू हुदैन ।

अन्य देशहरूमा धर्म संस्कृतिप्रति कटिबद्ध हुन्छन्, नेपालमा त्यस्तो नहुनुको कारण के होला ?

हामी नेपालीहरु हिन्दु हौँ भनेर गर्वका साथ दुनियालाई भन्छौ तर अहिलेको परिस्थितिमा हाम्रो हिन्दु धर्मको अस्तित्व मेटाउनको लागी विदेशी दलालहरुदेखी लिएर हाम्रा देशका नेताहरुसम्म लागी परेका छन । यो कुराहरू हामीलाई थाहा हुँदा-हुँदै पनी हामी हाम्रो पवित्र हिन्दु धर्मलाई बचाउनबाट टाढिएका छौ र बचाउन चाहदैनौं । किनकि, हामीमा एकता छैन । हामी र हाम्रो भन्ने बिचार कसैमा छैन सबैमा म र मेरो भन्ने सोच मात्र छ त्यही कारणले गर्दा आज हाम्रो देशमा हिन्दु धर्मको अन्त्य गराएर विदेशीहरूले आफ्नो धर्मको प्रचारप्रसार लाई तिब्रताका साथ बढाएर आफ्नो धर्म स्थापना गरिरहेका छन ।

उनीहरुमा एकता छ आफ्नो धर्मको पहिचान विश्वमा फैलाउन चाहन्छन तर हाम्रो देशको जन्ता हरु आफ्नो स्वार्थलाई मात्र हेर्दछन । आफ्नो देश र धर्मभन्दा पैसा नै सबै कुरा हो भन्दछन यहीँ निच सोच राख्दछौँ हामी नेपालीहरु तर यो कुरा कसैलाई थाहा छैन कि जब देश र धर्म रहदैन भने हामी र हाम्रो पहिचान रहदैन भनेर । अरु धर्मको मान्छेलाई हेर्नुहोस् तँलाई घर महल दिन्छु र जिन्दगीभर पुग्ने पैसा दिन्छु भन्नुस उसले आफ्नो घाँटी कटाउँछ तर आफ्नो धर्म त्याग्न सक्दैन । किनकी उ आफ्नो धर्ममा त्यती आस्था र बिश्वास राख्दछ तर हामी नेपालीहरु २~४ पैसाको लागि आफ्नो धर्म छोडेर अरु धर्मकोपछि लाग्छौ धिक्कार छ त्यस्ता नेपालीहरुलाई जो आफ्नो देश र धर्मलाई बेचिखानेहरुदेखी त्यसैले आजदेखि हामी सम्पुर्ण नेपालीहरु एउटै मातृभूमिका सन्तान हामी दाजु-भाई हौं र हाम्रो देश र धर्म एउटै हो । त्यसैले यसको रक्षा हामी सबै मिलेर गर्नुपर्छ भन्ने सोच लिएर अघि बढौं जित हाम्रै हुनेछ ।

चाडपर्वहरूमा प्रायः बलि चडाइन्छ, के बलि चढाउनु राम्रो हो ?

नेपाली समाजमा व्यक्तिगत स्वार्थ (भाकल)देखि लिएर कुल, परिवार र समाजको हित हुने नाममा देवदेवीको मन्दिरमा बलि दिने कार्य चल्दैै आएको छ । देवदवीको नाममा दिनहुँजसो हजारौंको संख्यामा पशुपंक्षीको बलि दिइन्छ । पशुको महामेला भनेर चिनिने गढीमाई मेलामा मुसादेखि लिएर भैंसी, सुँगुर, बोका, कुखुरा र परेवाको बलि दिइन्छ । प्रत्येक पाँच-पाँच वर्षमा आयोजना गरिने सो मेलामा लाखौंको बलि दिइन्छ । दशैंमा देवीको मन्दिरमा मात्र नभई घरघरमा पशुको बलि दिने गरिन्छ । हाम्रो समाजमा विद्यमान रहनुका मुख्यतः तीन कारण रहेको देखिन्छ ।

पहिलो कारण अन्धविश्वास नै हो । अवोध पशुको घाँटी रेटेर रगत चढाउँदा देवीदेवता खुशी हुन्छन्, आफूले इच्छाएको पूरा हुन्छ भन्ने जुन भ्रम जनमानसले आफ्नो मन मस्तिष्कमा पालेका छन्, त्यहीँ नै बलिप्रथा जस्ता कुप्रथाको मूल जड हो । पशुबलि अन्त्य गर्नका लागि साँस्कृतिक पुर्नजागरण कार्यक्रमलाई अभियान कै रूपमा लाग्नुपर्ने आवश्यकता देखिन्छ । तर पशुबलि प्रथालाई सधैं सधैंका लागि निमिट्यान्न वा उन्मूलन गर्नका लागि हामीले आफूभित्र रहेको कुप्रवृत्ति तथा अमानवीय गुणको बलि दिनसक्नु पर्छ ।

शीर्ष समाचार

धेरै पढिएको