January 24, 2021, Sunday
२०७७ माघ ११, आईतवार

गणतन्त्रका व्यस्त नेता चर्पी देखि पुल उद्घाटनसम्म, जनताको एजेन्डामा ध्यान दिने फुर्सद छैन

  • 171
    Shares

नेपालमा १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा जहानिय राजतन्त्रको अन्त्य भएर वि.सं २०६५ साल जेष्ठ १५ मा मुलुक गणतन्त्रमय बनेको थियो ।गणतन्त्र स्थापनापछि देशमा विधिको शासन निर्माण भई विकासका पुर्वाधारको विकास होला भन्ने आशा आमसर्वसाधरणमा लागेको थियो साथै देशमा नै गुणस्तरीय शिक्षा, स्वास्थ, रोजगार, यातायात जस्ता आधारभूत आवश्यकता प्राप्त होला र जीवन सरल सहज बन्ला भनेर जनताले राजनीतिक दलमाथि विश्वास गरेका थिए ।

तर राजनीतिक दलहरू आपसि झैझगडा, खिचातानी र आरोपप्रत्यारोपमा मात्र व्यस्त भए । राष्ट्रिय स्वार्थ भन्दा व्यक्तिगत र पार्टीगत स्वार्थिमा लिप्त हुँदै गए ।विकासका सबै योजनाहरु बिचमा नै अलपत्र बन्दै गए भने जनताको आशा सबै निराशामा परिणत हुँदै गयो ।जनताको अवस्था बदल्ने विषयमा बहस गर्नुको सट्टा पद, पावर र सत्ताको लागि मात्र लडाइँ गर्न व्यस्त हुन थाले जसले गर्दा जनताको एजेन्डा छलफल गर्ने फुर्सद नै पाएनन । घाँटी भरि माला लगाउने र भाषण गरेर जनताको तालीमा रमाउने लोभमा सबै नेता संसद भोका देखिन्छन । चार्डपर्वको समयमा पिङको उद्घाटन देखि सडक, पुल, खानेपानि र भवनहरुको उद्घाटन मा निकै होडबाजी भईरहेको देखिन्छ ।

चुनावको बेला हात जोडेर जनतासामु जाने जनप्रतिनिधिहरु चुनाव जितेपछि गाउँ नै नफर्किने र जनताको समस्यामा कुनै चासो दिएको पाईदैन ।सानासाना योजनामा पनि भ्रष्टाचार गर्ने, अपराधीलाई सरंक्षण गर्ने, तस्कर र ठुलाठुला व्यापारिसगँ भेट्ने त दिनचर्या बनिसक्यो भन्दा फरक नपर्ला । निकै दौडदुपमा र निकै थकान मुद्रामा देखिने नेता संसदहरु जनताको लागि नभई आफ्नो लागि दिनरात दौडिरहेका छन तर यसले जनताको दैनिकिमा कुनै सकरात्मक परिवर्तन ल्याउन सकेको छैन ।

कोहि आफ्नो पद बचाउन,कोहि पार्टीको विवाद मिलाउन त कोहि आफ्नो अस्तित्व बचाउन ,कोहि उद्घाटन गर्नमा नै निकै व्यस्त देखिन्छन।केही समय अगाडि ललितपुरमा संसदले चर्पि उद्घाटन गरेको भिडिको सामाजिक सञ्जालमा भाईरल भनेको थियो भने तनहुँमा काङ्ग्रेस नेता रामचन्द्र पौडेलले पुल उद्घाटन को विषयले राष्ट्रव्यापि चर्चा पाएको थियो साथै केही समय अगाडि प्रधानमन्त्री स्वास्थ्य चौकि भवन उद्घाटन गर्न हेलिकप्टर लिएर ताप्लेजुङ नै पुगेको थिए । सङ्घियता आएपछि पनि वडाको सडक,स्वास्थ्य चौकि,विद्यालय उद्घाटन गर्ने लोभ केन्द्रीय तहका नेतामा जिवित‌ै छ भने छोटे।राजाहरु पनि उद्घाटनको लागि निकै भोका देखिन्छन् । देश र जनताको दैनिकि अवस्था बदल्ने सपना बोकर राजनीतिमा प्रवेश गरेका नेताहरुले आफ्नो अवस्था परिवर्तन गर्न त सफल भए तर जनताको दैनिकि र समस्या समाधानमा भने खासै चासो देखाएको पाइएन।

गणतन्त्र स्थापना पछि स्थायित्व सगैँ विकासको लहरको जुन परिकल्पना र आशा आम सर्वसाधारणमा थियो त्यो सबै तेलमा पानी खन्याय जसरि स्वाह भयो।सो प्रवृत्तिबाट सर्वसाधारणहरु अहिले वाक्क परिसेका जस्तो देखिन्छन् भने अब देशलाई पुरानो पुस्ताले निकास दिन नसक्ने र त्यसको लागि क्षमता भएको, नि:स्वार्थ भावाना बोकेका युवाहरुले सत्ता समहाल्नु पर्ने साथै जनताको एजेन्डामा बहस गर्न सक्ने नेतृत्व आउन जरुरि छ । जबसम्म यी सबै कुरा त्यागेर जनताका समस्या र एजेन्डामा राष्ट्रिय बहस गर्ने समय मिलाउन सक्दैनन तबसम्म विकास, प्रगति र समुन्नत को सम्भावना पनि छैन । जनताले पनि आफ्ना नेताले गरेका हेरक खराब काममा खबरदारी गर्न सक्नुपर्छ साथै जे भने पनि तालि पट्काउने र चर्पि, पुल, भवन उद्घाटन मा निम्त्याउन छोड्नुपर्छ ।

शीर्ष समाचार

धेरै पढिएको