December 5, 2020, Saturday
२०७७ मंसिर २०, शनिबार

बलात्कारका घटना तिव्र रुपले बढ्दा पनि राज्यकाे माैनता कहिलेसम्म ?

  • 339
    Shares

सामाजिक मुल्यर मान्यता काहाँ गुमेकाे छ हाेला ? जवाना निकै परिवर्तन भैसकेको छ । राष्ट्रका अधिकांश नागरिक शिक्षित भैसकेका छन् ।तर त्यहि शिक्षित समाज भित्र आफ्नै छाेरी चेलिहरु बलात्कार भइरहेकाे छ आखिर कहिलेसम्म ? साेच्नै नसकिने काहालि लाग्लाे बलात्कारका घटनाहरु घटिरहेको छ । भन्ने गरिन्छ समय निकै परिवर्तनशिल छ । तर अपराधकाे दुनियामा ठिक उल्टाे सावित हुन पुगेकाे छ । टाेल टाेलमा, आफ्नै एरिया भित्र चेलिहरु बलात्कार हुनुले आम महिलाहरुले डर र आफू असुक्षि भएको आभास गरिरहेका छन् ।

दिनहुँजसो बलात्कारका समाचारहरु पत्रपत्रिका र रेडियो टेलिभिजनमा आइरहन्छ । तर ती खबरहरु पनि केही मात्रहुन् कतिपय बलात्कारको घटनाहरु समाचार बन्दैन भित्रभित्रै सडाइन्छ डर र त्रासहरु फैलाएर । ५ वर्षिया बालिकादेखि बुढेसकाल लागेका आमाहरु समेत बलात्कार भएको घटनाहरु बढिरहेको छ ।पहिले पहिलेकाे समयमा जब म सानै थिए त्यतिबेला हातमा माेबाइल हुदैन थियो । आफ्नतलाई केही जरुरी काम परे या कुराकानी गर्नुपरे कित घणटाै हिडेर घरसम्म जानुपर्थ्याे तर त्याे समयमा अहिलेकाे जस्ताे डर थिएन, कतै जानुपरे सहजै गएर आउन सकिन्थ्यो बलात्कारको घटना खासै सुनिदैन थियोे ।

तर अहिलेकाे याे आधुनिक र शिक्षित समाजमा किन यसरी छाेरीहरु अशुरक्षित छन् ? यहाँनीर गम्भीर सवाल छ । अचेल त गाउँ गाउँका प्राय व्यक्तिकाे हातमा स्मार्ट फाेन पुगिसकेकाे छ ती गाउँका अधिकांश मानिसहरु शिक्षित भैसकेका छन् । तर अचेल घटिने अपराधीक घटनाहरु तिनै शिक्षित समाज भित्रका केही व्यक्तिहरु सामेल छन् । जति समाज शिक्षित बन्दै गयो त्यति बलात्कार जस्तो जघन्य अपराध घट्नुपर्नेमा उल्टै बड्दै गएकाे छ । आखिर किन ?

२०७० देखिका बलात्कार घटना

७ वर्षमा बलात्कारका घटना दोब्बर बढेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार २०७०/२०७१ मा ९ सय ५ वटा घटना भएको थियो । त्यसैगरी २०७१/७२ मा ९ सय ८१, २०७२/७३ मा १ हजार ९३ र २०७३/७४ मा १ हजार १ सय ३७ बलात्कारका घटना र २०७४/७५ मा १ हजार ४ सय ८० घटना भएको देखिन्छ । त्यसैगरी २०७५/७६ सम्म आइपुग्दा २ हजार २ सय ३३ पुगेको छ। २०७५/७६ का कुल घटनामध्ये यो उमेर समूहका ७ सय ३४ महिला पीडित भएका थिए । त्यसपछि ३६ देखि ४५ वर्ष उमेर समूहका ४ सय १० जना बलात्कृत भएको देखिन्छ।१७ देखि १८ वर्ष उमेर समूहका ३ सय २८, १० वर्षमुनिका १ सय ६ र ११ देखि १६ वर्षका ९२ जना बलात्कृत भएको प्रहरी तथ्यांकले देखाउँछ। ओरेक नेपालकाे अनुसार पछिल्लो समयमा दैनिक ७ वटा बलात्कारका घटना घट्ने घरेकाे छ ।

त्यस्तै बलात्कारपछि हत्या हुने बन्दावन्दीको समयमा लैङ्गिक हिंसाका कारणले ४७ महिलाको हत्या भएकाे छ याे घटनाले महिला तथा बालिकामाथि हुने हिंसाको कहाली लाग्दो अवस्था समेत दर्साएकाे छ । नेपाल प्रहरीको पछिल्लो छ महिना चैत २०७६ देखि भदौ २०७७ सम्म बलात्कारको संख्या १ हजार २२१ भएको देखाईएकाे छ । यसरी वर्षैपिच्छे घटना घट्नुकाे साटाे बढिरहेको छ । २०७६/२०७७ काे पूरा विवरण आउन बाकि भएपनि ६ महिनामा घटेकाे बलात्कारका घटना मात्र १ हजार २२१ छ । अघिल्लो वर्षको जति घटना ०७७ सालकाे ६ महिनामै घटिसकेकाे छ ।

याे तथ्यांकअनुसार अनुसार गत छ महिनाको अवधिमा देशभर एक हजार ६७३ वटा महिला तथा बालिकामाथि लैङ्गिक विभेदमा आधारित हिंसा भएको एक गैरसरकारी संस्थाको अभिलेखले देखाएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक)को अभिलेखमा यीमध्ये ९० प्रतिशत घटना प्रभावितको आफ्नै समुदाय र परिवारमा भएको बताइएको छ ।

उक्त तथ्याङ्कका आधारमा सो अवधिमा ४४ सामूहिक बलात्कारसहित ३६७ वटा (२२ प्रतिशत) बलात्कारको घटना भएको छ । यतिका घटनाहरु समाज र सञ्चारमाध्यम मार्फत सार्वजनिक भए पनि कतिपय घटना भने उजुरीको प्रक्रियामा नगएको वा जान नदिइएको र पिडकले उल्टै धम्काएकाे र उजुरी गर्न नसकेको पाइयकाे छ । बलात्कार पछि मारिनेमा सम्झना विक, संगीता मण्डल, कञ्चन पञ्जियार, आकृति राई, निर्मला पन्त लगायत पुर्णिमा मोक्तान, सर्मिला दनुवार जस्ता धेरै महिला र बालिकाहरुले बलात्कार पछाडी अल्पायूमा आफ्नो ज्यान गुमाएका छन् ।

जघन्य अपराधको यस्तो मुद्दामा समेत राज्यको मौनताको देखिएको छ । पीडकलाई नै पक्षपोषण गर्ने प्रवृत्ति र सहयोगी समुहले समेत दबाब र प्रभावमा पारेर थप पीडित बनाउने प्रवृतिले् झन अचेल धेरै भेटिन थालेकाे छ बलात्कार जस्तो जघन्य अपराधमा राज्यको माैनता र अपराधीलाई कडाइ हुन नसक्दा बलात्कारको घटनाले अझ प्रश्रय पाइराखेको छ ।

हजारौं महिला तथा किशोरीहरु बलात्कृत हुने र उक्त घटना बढेकाे तथ्यांक राज्यबाटै सार्वजनिक हुँदा समेत राज्यको जिम्मेवार निकाय तथा उच्चपदस्थ व्यक्तिले पनि बलात्कारलाई संवेदनशील मुद्दाको रुपमा नहेर्नेरी जिम्मेवार व्यक्तिले सार्वजनिक गरेको अभिव्यक्तिले झनै अपराध बढाउने सक्ने खतरा देखिएको छ । बलात्कृत महिला र किशोरीले घटना पश्चात भोग्ने शारीरिक, मानसिक, सामाजिक तथा घरेलु हिंसा र विभेदको विश्लेषण गर्न र दण्ड दिन अझै चुकेको देखिन्छ।

महिला र बालिकामाथि हुने कुनै प्रकारका विभेदको अन्त्य हुन निम्न अबस्था परिपर्त हुन जरुरी छ ।

१.अपराधकाे ढाकछाेप, अपराधको ढाकछोप, अपराधीको संरक्षण गर्ने परिपाटीले अपराधीको मनोवल उच्च रहने तथा प्रभावितले सँधै पीडित हुनुपर्ने अवस्थाको को अन्त्य गर्दै कानुनको पूर्णरुपमा कार्यान्वयन गरी दण्डहीनताको अन्त्य गरिनुपर्दछ ।

२ . महिलाको शरीरलाई परिवार तथा समाजको इज्जतको रुपमा मात्रै हेरिने सोचले महिलामाथि हुने सबै प्रकारका हिंसामा सामाजिक मौनताको प्रचलनकाे अत्य हुनुपर्छ । यसका लागि विभेदित सामाजिक संरचनागत रुपान्तरण गरी हिंसा विरुद्ध शुन्य सहनशीलता सुनिश्चित हुन जरुरी छ।

३.बलात्कार जस्तो जघन्य अपराधका घटनालाई इज्जत र प्रतिष्ठाको विषय वनाई मेलमिलाप गराउने पीडित÷प्रभावित लाई लाञ्छना लगाउने, डर, धाक, धम्की दिने, बसोवास गरिरहेको स्थान छोड्न बाध्य वनाउने, कतिपय घटनामा उजुरी लिन आनाकानी गर्ने, पीडित र परिवारलाई राजनीतिक दबाव दिने, पीडक लाई संरक्षण गर्ने जस्ता कार्यहरुकाे अन्त्य हुनुपर्दछ ।

पिडितले मुद्दा दर्ता गर्न तथा न्याय प्राप्त गर्नका लागि समेत व्यहोर्नुपर्ने झण्झटिलो न्याय प्रणालीले गर्दा न्याय प्राप्त गर्नबाट वञ्चित हुनु परेकाे अबस्था छ । तसर्थ बलात्कार जस्तो जघन्य अपराध र लैंगिक हिंसाका घटनाहरुलाई उच्च प्राथमिकतामा राख्दै द्रुत न्याय प्रणालीको प्रभावकारी कार्यान्वयन गरिनुपर्छ । त्यसैगरी विद्यमान कानुनको व्याख्याले पीडकलाई कारवाहीको रुपमा मात्र सिमित गरेकोले प्रभावितले आत्मसम्मानका साथ बाँच्न पाउने अधिकारको सुनिश्चितता सहितको न्यायको अनुभूती गर्ने वातावरण निर्माण हुन जरुरी छ ।

शीर्ष समाचार

धेरै पढिएको