November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

अभियान र अभियान्ताहरु धेरै जन्मिए तर मेलमिलाप बिना गन्तव्यमा कसरी पुगिएला : जनक सापकाेटा

  • 148
    Shares

यतिबेला देशमा राजनीतिक अबस्था गम्भीर मोडमा पुगेको आभाष हुन थालेकाे छ । दिनप्रतिदिन हरेक समस्या को जरो बलियो हुदै गईरहेको छ तर समाधान भन्ने शून्य देखिन्छ ,जनता पुराना अनुहार र दलबाट दिक्क भईसकेकाे बुझ्न सकिन्छ । सरकारबाट जनता निराश हुँदै गएका छन् भने कतिपयले नयाँ नेतृत्व आए केहि हुन्थ्यो कि भन्ने मनसाय व्यक्त गर्न थालेका छन् ।

अचेल राजनितीक समस्या जस्तै बनेकाे छ समाजसेवा र जनताको हक अधिकारबारे तनमन लगाएर खटिने, आवाज उठाउने केही अभियानताहरु राजनीतिक प्रवृत्ति र जनअवस्था सुधारकाे नारा बोकेर अगाडि बढेका अभियान को सङ्ख्या गन्न भने क्याल्कुलेटर नै प्रयोग गर्नुपर्ने अवस्था आईसकेको छ तर कतिपय अभियान असफल भईरहको त कतिपय टुटफुटको सघांरमा समेत पुगिसकेका छन् ।

एक अर्कोलाई आरोप प्रत्यारोप लगाउने,लोकप्रियता को लागि बिना तथ्य ,अर्थहिन अभिव्यक्ति दिने चलन बढेकाे सहजै अनुमान लगाउन सकिन्छ । जसकाे कारण आम नेपाली नागरिकमा भ्रम सिर्जना भएको छ। अहिले सामाजिक सञ्जालमा हामि नेपाली हाम्रो नेपाल,सचेत युवा पार्टि,स्वतन्त्र राष्ट्रिय अभियान,देशभक्त युवा नेपाल जस्ता अभियानहरु बढि चर्चामा छन । तर यी अभियानहरु एक आपसमा मिलेर काम नगर्नु दुःखद हो ।

काठमाडौमा कुलमान घिसिङको पुन:नियुक्तिको प्रशंग होस या सरकार विरुद्धका अन्य कार्यक्रममा पनि एकैसाथ देखिन सकेनन आफ्नै तालले चार दिशा हिडे यसले आम नागरिकमा कस्तो सन्देश जाला ? राजनीतिक दलहरु पनि पद,पावर,पैसा अनि लोकप्रियताको लागि नै आपसि कलह गर्छन अनि यहि पद्धति सुधार गर्ने एजेन्डा बोकेर आएका अभियान र अभियान्ता एक आपसमा कलह,आरोपप्रत्यारोपमा लागे पछि राजनीतिक दल भन्दा केही फरक भयो र ?ज्ञानेन्द्र शाहि स्वागत नेपाल,पुण्य प्रसाईं,पवित्रा लामा,ज्वाला सङ्ग्रौला,अर्जुन पौडेल जस्ता अभियान्ताहरु देश र जनताले केही आश गरेका व्यक्ति हुन् तर यी अभयान्ता आन्तरिक एजेन्डामानै मिल्न नसक्नु र एकसाथ फिल्डमा आउन नसक्नुले कतै यिनिहरु पनि कुनै स्वार्थमा लागेकात छैन ? भन्ने गम्भीर आशङ्का आम सर्वसाधारणले गर्न थालेकाे छ ।

राजनीतिक गतिविधिबाट दिक्क भएका नेपाली नागरिकहरु सामाजिक अभियान्ताहरुमा केही सम्भावना देख्न थालेका थिए तर त्यही अभियानताहरु पनि बेला बेला एक अर्कोतिर आराेप प्रत्यारोप गर्ने गर्छन् । जसकाे कारणले अभियानताहरुमा आम जनताकाे आशा माेर्न सक्छ । यदि सबैको उद्देश देशकाे अवस्था परिवर्तन गर्न तिर हुने हो भने तीअभियान र अभियान्ताहरु किन एक हुन सक्दैनन् ? छुट्टाछुट्टै हिड्नुपर्ने रहर कि बाध्यता ? यदि व्यक्तिगत र सस्थागत स्वार्थ मा नै लिप्त हुने भए राजनीतिक दलभन्दा कसरी फरक हुन्छ ? सिद्धान्त र भावि योजना के ? कि छोटो समयमा कमाएको लोकप्रियको घमण्ड ?अनि सब‌‌ अभियान एक भएर आउन नसक्नुको कारण के होला ? लगाएत विभिन्न प्रश्न उब्जिएको छ ।

यो देशले एउटा विकल्प खोजिरहेको छ।देश र जनताको वास्तविक अवस्था बदल्ने नै हो भने सबै स्वार्थ त्यागेर सबै अभियान्ता एक भएर देशलाई निकास दिनसक्ने आँट गर्नुपर्छ ।अभियानभित्र गुट उपगुटहरु हुनुहुदैन,दीर्घकालीन ,जनपक्षिय एजेन्डा बोकेर पद ,पावर,पैसा अनि लोकप्रियता को लागि नभई देश र जनताको लागि काम गर्नुपर्छ । सबैको गन्तव्य एउटै भएपछि फरकफरक मार्ग बनाएर जानु भन्दा एउटै मार्ग परिपक्व र बलियो बनाएर जानु उचित होला ।

एक्ला एक्लै हिड्दाँ बिच बाटोमा अभियान र देश दुवै अलपत्र मा पर्छ ।भोलि अलपत्र हुनुभन्दा आज सबै एकजुट भएर देशलाई निकास दिन जरुरि छ।`एक थुकि सुकि सय थुकि नदि ´भने जस्तो सबै एक भएर लागे एकदिन गन्तव्यमा अवस्य पुग्न सकिनेछ । र देश विकासकाे नयाँ सम्भावना अवश्य पूरा हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको