October 16, 2021, Saturday
२०७८ आश्विन ३०, शनिबार

अहिलेकै अवस्था रहने हाे भने नेकपा पर्सा बिगठन गर्नु पर्छ : प्रभाकर गुप्ता

पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा रहेको जनयुद्ध गर्दै संसदीय अभ्यासमा प्रवेश गरेको तत्कालिन माओवादी पार्टी र केपी शर्मा ओली को नेतृत्वमा रहेको बेलाको राजनीति बाट उदाई आफ्नो छुट्टै पहिचान बनाएको तत्कालिन नेकपा एमालेको एकिकरणले देशमै एउटा ठुलो राजनीति तरङ्ग ल्यायो ।

बिक्रम सम्बत २०७५ जेष्ठ ३ गते को दुवै पार्टीको औपचारिक एकीकरण पश्चात यहाँ सम्म कि नेपाली राजनीतिमा धेरै अनुभब बटुलेको नेपली कांग्रेस धरीलाई नै सोचमा पर्यो ! यता एकिकारण पश्चात बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले देशमा अब ठुलै क्रान्ति ल्याउछ भन्ने हरेक चिया पसलमा गानगुन चल्ने थाले अनि हरेक नेपालीहरुमा एउटा छुटै खुसि देखिन थाल्यो जुनकुरा बिदेसी शक्ति हरुलाई पचाउन गारो हुन पुग्यो ।

सबै कम्युनिस्ट एक भई देशमा क्रान्ति ल्याउन सकिन्छ भन्ने कुराको पक्षमा रहने कमरेड प्रचण्डले निस्वार्थ सोचको साथ देश को हितमा पार्टी एकिकरण गरि एउटा ऐतिहासिक कदम चाले जस पश्चात उनि माथि विभिन्न बाधा आवरोध आइपर्दा समेत अलि कति पनि नडगमगाइ मात्र देश र जनता कै लागि सोची पाइला अगाडी बडाउदै गए . राम्रो हुँदै गईरहदा धोखा आफ्नै बाट भयो ,ठ्याकै भन्नु पर्दा एउटा हिन्दि फ्लिमको डाईलक “अपनेने हमको लुटा गैरोमे कहाँ दम था मेरी किस्ती वाहि डुबि जहाँ पनि कम था “ अर्का अधक्ष्य के पी शर्मा ओलीको बोलिले अनि कार्यसैलीले सम्पूर्ण नेपालीहरुको आशालाई निरासामा परिणत गर्यो ।

दुई पार्टी मिलेर बनेको नेकपा पार्टीका दुई अध्क्षय एउटा रथका दुई पांग्रा हुन् दुवै संगसगै बढ्नुपर्ने मा एउटा अगाडी बढौ भनिरहदा अर्का अधक्ष्यले पछाडी धकेल्न तिर लागे अनि ठुलो शक्तिको रुपमा स्थापना भएको पार्टीलाई आफैले पछारे . आफ्नै पार्टी लाई कम्जोर बनाउने खेलमा ओली लागि परेकै हुन् जसको ज्वलन्त उदाहरण हो कर्णाली र पर्सा को घटना ।

खासमा साबिक एमाले भित्रको केपी र माधव गुटको उपज हो पर्सा को बिंदवासिनी घटना भन्दा फरक नपर्ला नेकपा पर्सा को बिंदवासिनी गाउपालिका को घटनाले जिल्ला देखी केन्द्र सम्म नै हलचल मचायो जसले पार्टीमा कति सम्म को मनमुटाव छ भन्ने प्रस्ट देखन सकिन्छ .केन्द्रमा को जुधाई सबैलाई थाहा नै भएको कुरा भयो तर नेकपा पर्सा को नेतृत्व मा राजनीतिक चेतना को अभाव पनि उतिकै देखिन्छ जसले ले गर्दा अहिले जिल्लामै पार्टी को मानमर्दन घटेको छ। अब को करिब डेड वर्ष मा फेरी पनी स्थानीय तह को निर्वाचन आउदै छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र २ प्रदेश को प्रमुख घटक जसपा बिभिन्न बहना मा जनता को घर घर मा गईरहेका छन। तर यता भने नेकपा नेतृत्वले पार्टी भित्रै नेताहरू को रजनीतिकि हत्या देखी चरित्र हत्या गर्न मा ब्यस्त छन एक ले अर्कों लाई देख्न न सकिने आरोप प्रत्यारोप को गंधा राजनीतिक गर्दै छन। पार्टी नेतृत्वमा हालीमुहाली गर्दै छ। त्यसकारण यदि पर्सा ज़िल्ला लाई बचाऊनू छ भने वर्तमन को ज़िल्ला पार्टी लगायत सबै स्थानीय तह लाई बिगठन गरी नया नेतृत्व को चयन गर्न जरुरी छ ।

शीर्ष समाचार

धेरै पढिएको