
काठमाडौं, स्पेनीश फुटबल क्लब बार्सिलोनाका कप्तान लियोनेल मेसी सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडी बनेका छन् ।
अमेरिकी बिजनेस म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको सूचीका अनुसार अर्जेन्टेनी फुटबल टोलीका कप्तान समेत रहेका मेसीले यस वर्ष १२ करोड ६० लाख अमेरिकी डलर आम्दानी गर्दै सबैभन्दा बढी आम्दानी गर्ने फुटबलर बनेका हुन् ।
११ करोड ७० लाख वार्षिक आम्दानी गरेका यूभेन्टसका क्रिस्टियानो रोनाल्डो सूचीको दोस्रो स्थानमा परेका छन् । एजेन्सी







