
काठमाडौ, जापानी टेनिस खेलाडी नाओमी ओसाकाले पुनः यूएस ओपनको उपाधि जितेकी छिन् ।
सन् २०१८ मा यूएस ओपन जितेकी ओसाकाले गएराती भएको महिला एकलतर्फको फाइनलमा बेलरुसकी भिक्टोरिया एजारेन्कालाई हराउन सफल भइन् ।
सन् २०१७ मा विम्लडन ओपन खेलेयता कुनैपनि टेनिस प्रतियोगिताका भाग नलिएकी ३१ वर्षीया एजारेन्काले ओसाकाविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि पराजित भइन् ।
एजारेन्काले पहिलो सेट ६-१ ले जितेपनि दोस्रो र तेस्रो सेट भने ६-३, ६-३ ले ओसाकाले जित्न सफल भइन् । ६ पटकसम्म यूएस ओपन जितिसकेकी सरिना विलियम्सलाई हराउँदै हाल बिना वरियताकी ३१ वर्षीया एजारेन्का फाइनल प्रवेश गरेकी थिइन् ।







