
काठमाडौं, इङ्ग्याण्ड भ्रमणमा रहेको अष्ट्रेलियाले आजबाट तीन खेलको एक दिवसीय शृङ्खला खेल्दैछ । यस शृङ्खलाको तीनवटै खेलहरु म्यानचेष्टरको ओल्ड त्राफोर्डमा खेलिने कार्यक्रम रहेको छ ।
इङ्ग्याण्डका लागि इन्जुरीबाट फर्किएका स्टार ब्याट्सम्यान जेसन रोयको आगमनपछि अष्ट्रेलियाका क्याप्टेन आरोन फिन्चले विश्वकप विजेता इङ्ग्याण्ड ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट तालमेल रहेको र अष्ट्रेलियाका लागि यो शृङ्खला चुनौतीपूर्ण हुने बताएका छन् ।







